२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

चाडपर्व लक्षित गरि काभ्रे को विभिन्न स्थानमा अनुगमन


१९६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका को कुन्ताबेसी बजार तथा बनेपाको मुख्य बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल र सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको नेतृत्वमा कुन्ताबेसी बजारमा बजार अनुगमन गरिएको छोटै समयमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख शिव भण्डारीले बनेपामा सञ्चालित बेंक्वेट र ५० प्रतिशतभन्दा कम सूचांक प्राप्त गर्ने उद्योगमा अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख शिव भण्डारीले जानकारी दिए ।

    त्यसैगरी चाडपर्व नजिकिँदै जादा अखाद्य तथा गुणस्तर हिन बस्तुको विक्रिवितरणमा तिब्रता आएको सूचना आएपछि अनुगमन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले बताए । शुद्धता कायम गराउन र दर्ता गरेर मात्रै व्यवसाय संचालन गराउने हिसाबले यो अनुगमन गएिको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले भनाइ थियोे । अनुगमनमा जिल्ला प्रशासन कार्यालय काभ्रे, होटेल तथा रेस्टुरेन्ट संघ काभ्रे उद्योग वाणिज्य महासंघ काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रतिनिधि , घरेलु तथा साना उद्योग डिभिजन कार्यालय, गुण तथा खाद्य कार्यालय धुलिखेल,तथा बनेपा नगरपालिका ले बनेपामा र कुन्ताबेसी को जनप्रतिनिधि सहितको टोलीले कुन्ता बजारमा अनुगमन गरेको हो ।

    पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन गरेको खाद्य तथा गुण नियन्त्रण विभाग धुलिखेल कार्यालयका प्रमुख शिव भण्डारीले बताए । ‘पसल दर्ता गरेर संचालन भएको छ की छैन, मूल्य सूचीको टाँस गर्ने उदेश्यले बजार अनुगमन गरेको भण्डारीले जानकारी दिए । घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता ठगिने क्रम रोकियोस् भनेर बजार अनुगमन गरिएको बताउँदै काभ्रेका सानादेखि ठूलासम्म बजारहरुमा अनुगमन गरिने समेत बताए । बजार अनुगमनमा म्याद गुज्रिएको सामानहरु फेला परेका, मूल्य सूची नभएको, होटलहरुमा अखाद्य रंङ्गहरु फेला परेको थियो ।

    ‘पहिलो पटक सचेत पारेर छाँडिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी पुरीले भने । बजार अनुगमनमा स्थानीय व्यापारी र जनप्रतिनिधीहरुले समेत सहयोग गरेका थिए । केही समयअघि काभ्रेको भुम्लु गाँउपालिकाको दोलालघाट बजारमा समेत बजार अनुगमन गरिएको थियो । ‘बजार अनुगमनलाई जिल्लाव्यापी रुपमा अघि बढाईने छ’ अनुगमनमा सहभागी घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बताए ।

    अनुगमन मा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटेल स्तरीकरण एवं लोगो वितरण गरिएको थियो । बनेपाको चारवटा पार्टी प्यालेस र एउटा होटेलको अनुगमन गरेकोमा एउटा पार्टी प्यालेसले हरियो रंगको दुईवटा तारा प्राप्त गरी ‘ख’ वर्गको लोगो प्राप्त गरेको छ । दुईवटाले पहेँलो रंगको ‘घ’ वर्गको लोगो प्राप्त गरेका भण्डारीले जानकारी दिए । ‘खाद्य सुरक्षाको दृष्टिले सन्तोषजनक रहे पनि पहेँलो रंगको स्टिकर प्राप्त गर्नु भनेको उसले उत्पादन गरेका सामग्री गुणस्तरहीन छन् भन्ने बुझिन्छ,’ भण्डारीले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार