२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सजाय नभोगी भागेका भगुवालाई काभे् प्रहरीले झ्याप


३०८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • अदालतबाट सजायँ तोकी कैद भुक्तान गर्न बाँकी रहेका काभ्रे जिल्लाका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज उनीहरुलाई पाक्राउ गरिएको हो ।
    पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरीले जिल्ला अदालत, काभ्रे र महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ ।
    पक्राउ पर्नेहरुमा जबरजस्ति करणी अभियोग लागेका मण्डनदेउपुर न.पा. वर्ष ३१ को राम ब. लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका वडा नं. १ का वर्ष ५९ का बेतमान तामाङ रहेका छन् । उनलाई ६ दिन कैद र ५ सय रुपैया जरिवाना तोकिएको थियो । त्यस्तै पक्राउ पर्नेमा पाँचखाल न.पा. वडा न. ८ होक्सेका वर्ष ३१ को कुमार तामाङ रहेका छन् । उनलाइ चोरी मुद्दामा ४ महिना ८ दिन कैद र ७८हजार ९ सय जरिवाना तोकिएको थियो ।
    प्रहरीले कुटपिट मुद्दामा रोसी–८ की ४५ वर्षिय सुन्दरी तामाङ र होसिला तामाङलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई लाई १६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार