२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

बृद्धबृद्धाहरुलाई कार्ड वनाउनै सास्ति,भक्कानिदै पाँचखालका बृद्धबृद्धा


१९६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    पाँचखाल-सरकारले बृद्धबृद्धाहरुको सम्मानको खातिर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । तर स्थानिय तहले उनिहरुको वास्तविक समस्या नबुझ्दा सास्ति खेप्नु परेको छ ।

    सामाजिक सुरक्षा भत्ता लिनको लागि बैंक सम्म जानुपर्ने । बैकमा गएको दिन पैसा नपाउने, समय समयमा बैंकहरु फेर्न लगाउने,कार्ड बनाउन वडामै धाउनु पर्ने कारणले गर्दा सामाजिक सुरक्षा भक्ता निल्नुकि ओकल्नु भएको छ ।
    यस्तै समस्यालाई मध्य नजर राख्दै पनौति नगरले बृद्धाबृद्धहरुलाई कुनै समस्या नपरोस भनि उनिहरुले पाउने खुद रकम घरैमा पु¥याउने व्यवस्था मिलाएको छ । सो नगरको राम्रा कार्यलाई पछ्याउदै अरु स्थानिय तह अगि बढ्न नसक्दा समस्या आएको हो ।

    पाँचखाल नगर भूगोलको हिसावले निकै ठुलो छ, कतिपय ठाउमा यातायातको समेत सुबिधा छैन, दिनभरि लगाएर लौरोको साहारामा वडा कार्यालयमा कार्ड बनाउन आएका एक बृद्धाले गुनासो पोखे, “बाबुत पत्रकार हो क्यार, तर के गर्नु खै नेताको कुरो मात्र प्रचार गर्नुहुन्छ, हामी जस्ताको समस्या कस्ले बुझ्ने ?”। उनले थपे “कुरा गर्ने बित्तिकै नाम सोधिहाल्नु भयो, फेरी हाम्रो नाम लेख्नु होला र हामीले भत्ता नपाईएलानि”।

    असिन पसिनका साथ बडेको भत्ता लिनको लागि नयाँ कार्ड बनाउन र पहिला खाता भएको बैंकवाट खाता अर्कै बैंकमा खोल्नुपर्ने कामको लागि आएका अर्का बृद्धले गुनासो पोख्नुभयो “के गर्नु बाबु, पहिला त पैसा लिन यति धेरै दुःख हुदैन थियो, चुनाब भयो भोट माग्ने बेलामा आसिर्वाद दिनोस भोट पनि दिनोस हामी तपाईहरुको सेवा गर्छौ भन्थे तर उल्टै चुनाव बाट जितेपछि त पैसा लिन धेरै दुख दिनथाले ”।

    वास्तबमै सामाजिक सुरक्षा भत्ता लिन पु¥याउनु पर्ने प्रकृयाकोलागि निकै झण्झटिलो छ, ति डाँडा माथिका जुन रुपि बृद्धबृद्धाको लागि । तर के गर्नु तिनै बृद्धबृद्धाले तिरेको करबाट तलव खाएका जनप्रतिनिधिले कुरो नबुझेपछि । ति सम्मानित व्यतित्वले दिएको आसिर्वाद र सराप लाग्छ भनिन्छ । आसिर्वादको आशामा उनिहरुको छेउमा पुग्दा एक बृद्धाको मुखबाट तपाई पत्रकार हैन हेर्नोसत हाम्रो समस्या भन्दै मुरमुरिएपछि आसिर्वाद वदला सराप गर्लान भन्ने चिन्ता पो लाग्यो ।
    हो उनिहरुको तर्क राम्रै हो , ति सम्मानित बृद्धबृद्धाहरुको घरघरमा जनप्रतीनिधिहरु पुगेर प्रकृया मिलाउंदै नगदै हातमा थमाउने होभने वास्तवमै उनिहरु प्रतिको आदर साथै सम्मान र निर्वाचनको समयमा बोलेको कुरा पुरा हुनेथियो । निर्वाचित जनप्रतीनिधिहरु सवैले आफ्नो हैसियत अनुसार तलव वुझ्छन,वडा अध्यक्ष भलै १० बजे देखि ५ बजे सम्म वडा कार्यालयमै वस्छन् तर वडा सदस्यहरुको भूमिका खासै देखिन्न थोरै भएपनि तलवत बुझेकै हुन्छन् । त्यसैगरी वडा सदस्यको तुलनामा कार्यपालिका सदस्यले अझ बडी तलव बुझ्छन तर बैठकमा जाने भत्ता बुझ्ने र निर्णयमा सहि गर्ने…।

    प्रत्यक वडामा रहेका ३ जना वडा सदस्य र कार्यपालिका सदस्यहरु साथमा वडा अध्यक्षले केही जिम्मेवारी लिदै घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ताको लागि व्यवस्था गर्ने हो भने ति बृद्धबृद्धाले आसिर्वाव दिने थिए होलान् । यसै बिषयलाई लिएर पाँचखालका वडा अध्यक्षहरुसंग बुझ्दा कानुनले मिल्दैन कि जवाफ आउंछ । तर पनौति नगरमा कानुनमा मिल्ने पाँचखालमा किन नमिल्ने ? बृद्दबृद्धाहरुको हितको लागि कार्य गर्न !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार