२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेयरले दोस्रो बिवाह, जेठीले उजुरी


२९७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    रक्षकनै भक्षक भएपछि कसरी समृद्ध नेपाल निर्माणमा टेवा मिल्छ ? जनताले जिम्मेवारी दिएका मेयर स्वयंले कानुनको खिल्लि उडाउन थालेपछी स्थानिय तहमा कानुन कसरी कार्यान्वयन होला ?

    कानुनी खिल्लि उडाउंदै शक्तिको दुरुपयोग गर्ने मेयरमा प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी रहेका छन् । पालिकामा रहेको हरेक प्रकारको विवाद समाधान गर्दै जनताको सेवा गर्न तम्सिएका गिरीले जेठी श्रीमति हुदा हुदै कान्छी भित्राएका छन् । जेठीसंग सामान्य विवाद भई माईति बसेको समयमा बिवादको समाधान तर्फ नलागि अर्की बिवाह गर्ने मेयरले पालिकामा आएको समस्या कसरी समाधान गर्लान चासोको बिषय बनेको छ ।

    मेयर गिरीले दोस्रो विवाह गरेको जानकारी पाएपछि जेठी श्रीमती सीता केसीले कानुनि बाटो पहिल्याएकी छिन् । सीताले आफु अन्याएमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा भदौ १० गते जाहेरी दर्ता गराएकी हुन् ।

    २०५७ सालमा प्रेम विवाह गरेका उनीहरु केही समय अघिदेखि छुट्दै बस्दै आएका थिए । केसीले दिएको जाहेरीअनुसार गिरीले प्युठान नगरपालिका ८ बाट दोस्रो विवाह गरेका हुन् । अध्यक्ष गिरीको पहिलो श्रीमतीको तर्फबाट दुई छोरी रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार