२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

नगरमा तिजको रमझम, भड्कीलो ढंगको कार्यलाई चुनौती


२८६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-महिलाहरुको महान पर्वको रुपमा मनाईने तिज बिषेश कार्यक्रम पाँचखाल नगरमा रहेका कर्मचारीहरुले संयुक्त रुपमा मनाएका छन् । सेवाग्राहीहरुलाई समस्या नपरोस भन्दै कार्यालय समय सकिएपछि एक कार्यक्रमको आयोजना गरी मनाएका थिए ।

    संस्कृतिको संरक्षण साथै पर्वको नाममा विकृति विसंगतिको अन्त्य गर्नुपर्छ भन्ने शंदेस प्रवाह गर्ने उद्देस्यले आयोजना गरेको कार्यक्रममा कार्यालयमा रहेका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    विना तडकभडक पर्व मनाउन सकिन्छ भन्ने शंदेस दिदै नगरका कर्मचारीले कार्यालयमै सामान्य ढंगको दरको व्यवस्था गरी पर्वको महत्वको बारेमा प्रस्तुत गरेको सुरिलो भाखाले उपस्थित सवैलाई भावुक बनाएको थियो । रातै पहिरणमा सजिएका महिला कर्मचारीहरुले सामान्य गहनामा पर्व मनाई रहेको दृश्यले वास्तवमै पर्वको नाममा फैलदै आएको बिकृतिलाई चुनौति दिएको पाईयो ।

    त्यसैगरी बुवाको मुख हेर्ने दिनको समेत स्मरण गर्दै नगरका कर्मचारी मध्यका जेस्ठ सदस्य शिवरामा दुलाललाई खादाको साथै रातो टिका निदारमा साथै ति चाउरिएका गाला भरी राताम्य दृश्यले संस्कृतिको संरक्षणको लागि तडकभडक आवश्यक पर्दैन भन्ने शंदेस दिएको थियो ।

    नगरले गरेको दर कार्यक्रमको साथै मुख हेर्ने बिषयको बारेमा नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भण्डारीसंग सम्पर्क गर्दा पर्व मनाउने नाममा तडक भडकले गर्दा संस्कृतिको लोप हुने खतरा बढेकोले तडकभडकलाई निर्मुल पार्ने शंकेत दिन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । जुन कार्यले गर्दा नगरमा सकारात्मक शंदेश दिएको छ, “गरगहना साथै भड्कीलो ढंगको पहिरणले संस्कृतिको शंरक्षण हुदैन, जति सरल ढंगले पर्व मनायो उतिनै सहज ढंगबाट दिर्घकालिन रुपमा संस्कृतिको संरक्षण हुन्छ” । भण्डारीले थप्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार