२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरको दमकल संञ्चालनमा, नगरसंग समन्वय गरी अगाडी बढ्छौं – गणपति


२४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल नगरका वडा अध्यक्षहरुको लागि मोटरसाईकल खरिद गर्न व्यवस्था गरेको बजेटबाट खरिद गरेको दमकल संञ्चालनमा आएको छ । वडा अध्यक्षहरुले आफ्नो व्यक्तिगत फाईदालाई भन्दा सामाजिक हितको लागि अति आवश्यक दमकल खरिदको लागि प्राथमिकता दिदा दमकल खरिद भएको होे ।

    नगरले खरिद गरेको दमकललाई व्यवस्थित ढंगबाट संञ्चालनमा ल्याउनको लागि पाँचखाल वडा नं ३ मा रहेको सशस्त्र प्रहरी बल १५ नं गण लाई साथ लिएको थियो । सोही अनुसार प्रहरी गणले दमकल संञ्चालनको लागि जुद्ध बारुण यन्त्रबाट अनुभवि प्रशिक्षकहरु झिकाएर अग्नि निवारण तथा उद्धार अनुशिक्षण तालिम दिएको थियो ।

    लगातार ६ दिन सम्म संञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रमको अवसरमा बारुण यन्त्रलाई संञ्चालनमा ल्याएको थियो । प्रहरी गणकै नजिकमा दुई खरको घरमा आगो लागेको अवस्थामा बारुण यन्त्रको साहायताबाट आगो नियन्त्रण गरी प्रदर्शण गरेको थियो । गणमा रहेका २४ प्रहरीलाई तालिम दिई दक्ष वनाइएको छ । ति २४ जना दक्ष जनशक्तिले पाँचखाल र आसपासको स्थानमा हुने आगलागि तथा बिपतमा सहयोग गर्ने भएका छन् ।

    प्रदर्शनि तथा तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरको उप—प्रमुख लक्ष्मी दनुवारले दलकल खरिदको लागि सहयोग गर्ने वडा अध्यक्षहरुलाई धन्यवाद दिदै दमकल संञ्चालनमा सशस्त्र प्रहरीको सहयोगले पाँचखाल आसपासको स्थानमा घट्ने विपदमा सघाउ पुग्ने बताउनु भयो । आगलागिको कारण हुने धनजनको क्षति हुने कार्यमा सहयोग पुग्ने बताउदै नगरपालिका र सशस्त्र प्रहरीविच हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    कार्यक्रममा सशस्त्र प्रहरी वल १५ नं गणका गणपति एस.पि पुरुषोत्तम थापाले पाँचखाल नगरपालिका र सशस्त्र प्रहरी १५ नं गण समक्ष वारुण यन्त्र संञ्चालनको बिषयमा सम्झौता गरी अगाडी बढ्ने बताउनु भयो । उहाँले थप्नुभयो प्रहरीको कर्तव्य नागरिकको सुरक्षा दिनु मात्र नभई विपदमा सहयोग गर्ने समेत भएकोले दमकल संञ्चालनमा नगरसंग हातेमालो गरी अगाडी बढ्ने बताउनु भयो । उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भण्डारी, नगरका वडा अध्यक्षहरु, नगरका कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार