२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आरक्षण कोटामा कटौती


४३७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल । विगत लामो सयय देखि दिदै आएको आरक्षण कोटा कटौती गरिने भएको छ । निजामती कर्मचारी आदिवासी जनजाति र मधेसीलाई आरक्षण कोटा दिदै आएको थियो । तर थारू र मुस्लिमलाई भने छुट्टै व्यवस्था गरिएको छ । जनजाति कोटामा ३ प्रतिशत र मधेसी कोटामा २ प्रतिशत कटौती प्रस्ताव गरिएको हो ।

    हालै ल्याईएको विधेयक पारित भए जनजातिको कोटा २७ बाट २४, मधेसीको २२ बाट २० प्रतिशतमा ओरालो लाग्ने छ । त्यसैगरी अपांगताको हकमा कोटा कटौती प्रस्ताव गरिएको छ । उनीहरूले पाँच प्रतिशत आरक्षण पाउँदै आएकामा विधेयकमा तीन प्रतिशतको व्यवस्था गरिएको छ ।

    थारूलाई चार र मुस्लिमलाई तीन प्रतिशत कोटा छुट्याइएको छ । यसअघि थारूलाई आदिवासी जनजाति र मुस्लिमलाई मधेसीको कोटामा राखिएको थियो । दलित र पिछडिएको क्षेत्रको कोटा यथावत राख्ने प्रस्ताव छ । खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत छुटाएर शतप्रतिशत मानी प्रतिस्पर्धा गराइने छ । जसमा महिला ३३, दलित ९, पिछडिएको क्षेत्र ४ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार