२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बहुबिवाह गर्नेले जागिर नपाउने


३१४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुविवाह गर्नेलाई सरकारी जागिर नपाउने व्यवस्थ ागर्ने भएको छ ।
    बहुबिवाहलाई पनि अन्य फौजदारी अभियोग सरह मान्ने भएका छन् । अदालतबाट कसुरदार ठहरिएका व्यक्ति निजामती सेवामा अयोग्य हुनेछन् । जसमा भ्रष्टाचार, कीर्ते, राष्ट्रविरुद्ध जासुसी, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, जातीय छुवाछूत वा नैतिक पतन लाई सरह बहु बिवाहलाई समेत मान्ने गरी बिधियक तयार हुंदै छ ।

    महान्यायाधिवक्ता कार्यालयका अनुसार ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था थिएन । नयाँ व्यवस्थाअनुसार बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरण समेत पाउने छैनन् । ‘फौजदारी संहिताले समेत बहुविवाहलाई अपराध मानेको छ । ‘पहिला नैतिक आचरणको विषय हुने व्यवस्था थियो । कर्मचारीको हकमा बहुविवाह गरेको व्यक्ति अयोग्य हुने भनेर कतै व्यवस्था थिएन तर अव हुने भएको छ ।

    बहुबिवाह गर्नेलाई तीन वर्ष कैद सजायको व्यवस्था थियो’, ‘मुलुकी फौजदारी संहिताले बहुविवाहमा पाँच वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रस्तावित संघीय निजामती ऐनले उम्मेदवारै हुन नपाउने प्रस्ताव गरेको जानकारीमा आएको छ ।’ विधेयकबारे सदनमा छलफल भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार