२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बल्ल फराकीलो हुने भयो विपि राजमार्ग


२३१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल. काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो ।

    निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने का अगाडि बढाएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए ।

    बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर०को काम यसै वर्ष अगाडि बढ्नेछ। खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार