२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँगे्रस सरकार विरुद्ध सडक, सदन आन्दोलन तयारी


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

    केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए । ‘यो विषयमा सरकार गम्भीर भएन । संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं’, उनले भनेका छन् ।

    कांग्रेसले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ । कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्दैछ, यसक्रममा गाउँगाउँमा पुग्ने र सरकारका गलत क्रियाकलापहरुविरुद्ध एक भएर उभिने बताएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार