२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भ्रष्टचारी नेता, जड्याहा कार्यकर्ताको छानविन – नेपाल


२७४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले बैचारिक र राजनीतिक पक्षलाई समेटेर पार्टी भित्रका विसंगतिहरुको सूचि बनाउन लागेका छन् । पार्टीभित्र गैर कम्यूनिष्ट चरित्र हावी हुँदै गएपछि नेपालले पार्टी भित्रका बिसंगतिलाई सूचिकृत गर्न लागेका हुन् ।

    ‘पार्टीभित्र धेरै नकारात्मक कुराले प्रश्रय पाउन थाले, मैले विसंगतिको सूचि बनाउँदैछु’, वरिष्ठ नेता नेपालले भने ‘माथीदेखि तलसम्म छलफल गर्ने गरी सूचि बनाउँदैछु, केही समयपछि पार्टीभित्र सार्वजनिक हुन्छ ।’ एकताका बेला केही नेताको हुर्मत लिने काम भएपनि त्यसलाई भविश्यमा सुधार गरी लिनुपर्ने तर्क बरिष्ठ नेता नेपालले गरेका छन् ।

    पार्टीको संगठनात्मक एकता सकिएपछि सम्पूर्ण विसंगतिको सूचि पार्टीभित्र सार्वजनिक गर्नेगरी नेपालले सूचि बनाउन लागेका छन् । पार्टी एकताका नाममा नेताको हुर्मत लिने काम भएपछि नेपालले कम्यूनिष्टभित्र देखिएका बिचलनलाई सार्वजनिक गर्ने भएका छन् । इतिहासकै शक्तिशाली कम्यूनिष्ट पार्टी र दुई तिहाईको कम्यूनिष्ट सरकार मनमौजीरुपमा चलेको र यसले पार्टीलाई पतनको बाटोमा लिने निस्कर्षमा नेपाल पुगेका छन् ।

    २०५० सालमा पनि तत्कालिन एमालेभित्रका विसंगतिलाई लिएर नेपालले सूचि तयार पारेका थिए । तयार पारिएको सूचि पार्टीका तल्ला कमिटीसम्ममा छलफल गराइएको थियो । जसको परिणाम २०५१ सालमा पहिलो पटक कम्यूनिष्ट सरकार बनेको थियो । नेपालले नै तयार पारेको रोडम्यापका आधारमा ९ महिने कम्यूनिष्ट सरकार चलेको थियो । इतिहासमै सवैभन्दा लोकप्रिय र जनमुख सरकार ९ महिने शासन काललाई मानिन्छ ।

    पार्टी ठुलो भएपनि शक्तिशाली बन्न नसकेको निस्कर्ष नेपालले निकालेका छन् । पार्टी मोटाएको होइन, सुन्निएको छ, सुन्निएको पार्टीले रेस लिन सक्दैन, नेपालले भने पार्टीलाई स्वस्थ्य बनाउन, स्वस्थ्य आलोचना र सुधारको आवश्यकता छ ।

    बरिष्ठ नेता नेपालले भ्रष्टाचारी नेतादेखि जाँड खाने कार्यकर्तासम्मको सूचि पार्टीभित्र तयार गर्नुपर्ने निस्कर्ष निकालेका छन् । भ्रष्टाचार नै पार्टीभित्रको मुल समस्या रहेको भन्दै नेता नेपालले आन्तरिक छानविन गर्नुपर्ने नयाँ प्रस्ताव पार्टीभित्र लिने तयारी गरेका छन् । ठुला नेताका आडमा पार्टीका सना नेता र कार्यकर्ताहरु भ्रष्टाचारमा डुब्न थालेको र त्यसले कम्यूनिष्ट पार्टीलाई पतनको बाटोमा लिने नेपालको निस्कर्ष छ । पालिकादेखि मन्त्रीसम्मका सार्वजनिक पदमा रहेका ब्यक्तिमाथी छानविन गर्ने गरी नेपालले प्रस्ताव तयार पारिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार