२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रहरीलाई गाँउपालिकाले चार मोटरसाईकल सहयोग


३५०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सल्ले भुम्लु-काभ्रेको भुम्लु गाँउपालिकाले त्यहाँका चारओटा प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । गाँउपालिका भित्रमा शान्ति सुरक्षा कायम गराउन सहयोगी बनोस् भनेर गाँउपालिकाभित्र रहेका चारओटा प्रहरीचौकीलाई एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

    भुम्लु गाँउपालिकामा रहेको प्रहरीचौकी फँलाटे,प्रहरीचौकी चौवास, प्रहरीचौकी दोलालघाट र अस्थायी प्रहरी पोष्ट सल्लेभुम्लुको लागि गाँउपालिकाले मोटरसाईकल खरिद गरेर हस्तान्तरण गरेको हो ।

    काभ्रेमै पहिलो पटक स्थानीय सरकारले प्रहरीचौकीलाई मोटरसाईकल खरिद गरेर हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले शान्ति सुरक्षा कायम गराउन सवारी साधनहरुले भुमिका खेल्ने बताए । उनले प्रहरीहरु संघ सरकार र प्रदेश सरकारको मातहतमा रहेपनि हामीले उहाँहरुलाई आवश्यक पर्ने सवारी साधन खदिर गरेर हस्तान्तरण गरेको अध्यक्ष कुवरले बताए ।

    मोटरसाईकल बुझ्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले स्थानीय सरकारको रुपमा काभ्रेको भुम्लु गाँउपालिकाले उच्च मनोवल पुग्ने हिसाबले प्रहरीलाई सहयोग गरेको बताए । सवारी साधनहरुको कारणले समाजमा हुने अपराधका घटनामा कमी गराउने कार्यमा प्रहरी खटिने एसपी सापकोटाले स्पष्ट पारे । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउपालिकाले प्रहरीको मनोवल उच्च बनाउनको लागि मोटरसाइकल सहयोगी हुने बताए ।

    गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठले गाँउपालिकाले प्रहरीसँग साझेदारी गरेर अघि बढ्ने बताउँदै्र प्रहरीहरुले जनताको सुरक्षा दिलाउने कार्यमा निरन्तर लाग्न आवश्यक रहेको बताईन् । उनले गाँउपालिकासँग पैसा भएरभन्दा पनि केही सहयोग गरौ भन्ने भावनाको साथमा मोटरसाईकल खरिद गरेको दिएको बताइन् ।

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले समुदाय प्रहरी कार्यक्रम अन्तगत भुम्लु गाँउपालिकाले निक्कै राम्रो काम गरेको बताए । उनले प्रहरीहरुको मनोवल उच्च बनाउने कार्यमा गाँउपालिकाले सहयोग गरेको बताए ।
    भुम्लु गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिवल्लभ घिमिरले गाँउपालिकाले प्रहरीसँग साझेदारी कार्यक्रम अन्तरगत सो सहयोग गरेको बताए । भुम्लु गाँउपालिका फँलाटेका वडाअध्यक्ष रमेशराज खरेलले प्रहरीका लागि खरिद गरिएको मोटरसाइकलले शान्ती सुरक्षामा सुधार आउने आशा व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार