२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा हरित औद्योगिक ग्राम स्थापना हुने, त्रिपक्षीय सम्झौता सम्पन्न


३७११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिकामा प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

    भाद्र २० गते प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाको लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ नेपाल वीच त्रिपक्षीय सम्झौता भएको छ । नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासंघ ,नेपालका अध्यक्ष शारदा रिजाल विचमा त्रिपक्षीय सम्झौता भएको हो ।

    सम्झौता अनुसार पाँचखाल नगरपालिका वडा नं ७ मा प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको उल्नेख छ । प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासको लागि पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको संचालन र व्यवस्थापनमा सहयोग र सहकार्य गर्दै अघिबढ्ने तथा व्यवसायिक स्रोत, साधन र अभ्यासको विकास र उपयोगिताबाट एक अर्काको सबलता, अनुभव र स्रोतको प्रयोगबाट साझेदारी ढाँचामा संरचना बनाई सामुहिक क्रियाकलाप गर्दै सबैको हिततर्फ अग्रसर हुने उदेश्यले सम्झौता भएको पाँचखाल नगरपालिकाले जनाएको छ ।

    औद्योगिक ग्राम स्थापना र विकासको लागि पाँचखाल नगरपालिका वडा नं ७ को कित्ता नं ८९, ९०र ११३ गरी जम्मा १२.३ एकड (९८ रोपनी) जग्गा २५ वर्षको लागि उपलब्ध गराउने सम्झौतापत्रमा उल्नेख छ । सम्झौतापत्रमा औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा संघीय तथा प्रदेश सरकार तथा अन्य निकायबाट हुने आवश्यक सहयोग र अनुदान लिइनेछ । यसको लागि नगरपालिकाले आवश्यक सहजीकरणगरिदिने, नगरपालिकाले आवश्यकता अनुसार औद्योगिक ग्रामको विकास, सञ्चालन र व्यवस्थापनको कार्यमा सहयोग गर्ने, औद्योगिक ग्राम क्षेत्र भित्रको जग्गाउद्योगहरुको स्थापना, सञ्चालन र विकासको लागि मात्र उपयोग गर्नुपर्ने, औद्योगिक ग्रामको जग्गा जमिन लगायतको सम्पूर्ण सम्पत्तीको प्रयोग, व्यवस्थापन र संरक्षण गर्न नगरपालिकाले आवश्यकता बमोजिम सहयोग गर्ने, औद्योगिक ग्रामको कारण आसपासको वातावरण, मानव जीवनतथा भौतिक विकास निर्माणका कार्यमा असर पर्न दिइनेछैन, औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइनेछ उल्नेख छ ।

    सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम पाँचखालमा स्थापना गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । उहाँले सबैको पहलमा उद्योग स्थापना हुन लागेको बताउँदै यसलाई पाँचखालको अवसरको रुपमा दिनुपर्ने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य (रिजालले)े कार्यक्रमले महिला उद्यमशिलताको विकास र आर्थिक शसक्तिकरणको लागि सहयोग पुग्ने बताउनु भयो । नेपालमै पहिलोपटक स्थापना हुन लागेको उद्योग महिला केन्द्रीत तथा कृषिलाई केन्द्रीत बनाएर सञ्चालन हुनेछ । महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले नेपालमा आर्थिक योगदानमा महिला उद्यमीहरुको पनि भूमिका रहेकोले महिलाहरुलाई नै समेटेर प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनामा जोड दिईएको बताउनु भयो ।

    सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारी, नगरका वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, वडा नं १ का वडा अध्यक्ष अष्टबहादुर लामा, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा,लगायतको उपस्थिति रहेको थियो ।

    यस्तो छ सम्झौता

    पाँचखाल नगरपालिका ,
    दक्षिण एसियाली महिला विकास मञ्च र
    महिला उद्यमी महासंघ , नेपाल बीच
    प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासको सम्बन्धमा गरिएको सम्झौतापत्र

    लिखितम जिल्ला काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका जसलाई यसपछि नगरपालिका भनी सम्बोधन गरिनेछ, दक्षिण एसियाली महिला विकास मञ्च, काठमाडौँ, जसलाई यसपछि SAWDF भनी सम्बोधन गरिनेछ र महिला उद्यमी महासंघ, नेपाल जसलाई यसपछि SAWDF भनी सम्बोधन गरिनेछ बीच पाँचखाल नगरपालिका वडा नं ७ मा प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकास गर्ने सम्बन्धमा तपशिल बमोजिमका शर्तहरुको अधिनमा रही तीनवटै पक्षहरुको स्वतन्त्र सहमतिमा सम्झौतापत्र तयार गरी उल्लेखित साक्षीहरुको रोहवरमा नगरपालिकाको कार्यालयमा बसी हस्ताक्षर गरी एकरएक प्रति लियौँरदियौँ ।

    सम्झौताका उद्देश्यहरुः
    १। प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासको लागि पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको संचालन र व्यवस्थापनमा सहयोग र सहकार्य गर्दै अघि बढ्ने ।
    २। व्यवसायिक स्रोत, साधन र अभ्यासको विकास र उपयोगिताबाट एक अर्काको सबलता, अनुभव र स्रोतको प्रयोगबाट साझेदारी ढाँचामा संरचना बनाई सामुहिक क्रियाकलाप गर्दै सबैको हिततर्फ अग्रसर हुने ।

    सम्झौताका शर्तहरुः
    १। महिला उद्यमी र अन्य सदस्य संस्थाहरुको माध्यमबाट हरित औद्योगिक ग्राम निर्माणको लागि प्रचलित ऐन, नियम, निर्देशिका र कार्यविधिहरुको अधीनमा रही SAWDF र FWEAN ले आवश्यक सहायता प्रदान गर्नेछ ।
    २। औद्योगिक ग्राम स्थापना र विकासको लागि पाँचखाल नगरपालिका वडा नं ७ को कित्ता नं ८९, ९० र ११३ गरी जम्मा १२।३ एकड ९८ रोपनी जग्गा २५ वर्षको लागि SAWDF र FWEAN लाई नियमानुसार उपलब्ध गराउनेछ । आपसी सहमतिका आधारमा त्यसपछि थप समयका लागि जग्गा उपलव्ध गराइनेछ ।
    ३। औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा संघीय तथा प्रदेश सरकार तथा अन्य निकायबाट हुने आवश्यक सहयोग र अनुदान लिइनेछ । यसको लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिदिनेछ ।
    ४। नगरपालिकाले आवश्यकता अनुसार औद्योगिक ग्रामको विकास, सञ्चालन र व्यवस्थापनको कार्यमा सहयोग गर्नेछ ।
    ५। औद्योगिक ग्राम क्षेत्र भित्रको जग्गा उद्योगहरुको स्थापना, सञ्चालन र विकासको लागि मात्र उपयोग गर्नुपर्नेछ ।
    ६। औद्योगिक ग्रामको जग्गा जमिन लगायतको सम्पूर्ण सम्पत्तीको प्रयोग, व्यवस्थापन र संरक्षण गर्न नगरपालिकाले आवश्यकता बमोजिम सहयोग गर्नेछ ।
    ७। औद्योगिक ग्रामको कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास निर्माणका कार्यमा असर पर्न दिइनेछैन ।
    ८। औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइनेछ ।

    सम्झौताको अवधिः

    यो सहमतिपत्र आजको मितिदेखि २५ वर्षसम्मको लागि लागू हुनेछ । आवश्यकता अनुसार यस सम्झौताका तीन वटै पक्षहरुको आपसी सहमतिमा कुनै पनि समयमा यस सम्झौतापत्रका बुँदा हेरफेर गर्न सकिनेछ ।
    यस सम्झौता नेपाली र अङ्ग्रेजी दुवै भाषामा गरिनेछ । यदि कुनै दुविधा भएमा नेपाली भाषालाई मान्यता दिइनेछ ।

    नगरपालिकाको तर्फबाट                                       साक्षी

    महेश खरेल                                          लोक बहादुर भण्डारी
    नगर प्रमुख                                       प्रमुख प्रशासकीय अधिकृत

    पाँचखाल नगरपालिका
       

    SAWDFको तर्फबाट                                   साक्षी

    प्रमिला आचार्य  रिजाल                          सम्झना आचार्य
    अध्यक्ष                                               कोषाध्यक्ष

    दक्षिण एसियाली महिला विकास मञ्च 

    FWEAN को तर्फबाट                                     साक्षी

    शारदा रिजाल                                            रीता सिंह
    अध्यक्ष                                                  उपाध्यक्ष
      महिला उद्यमी महासंघ नेपाल
    इति संवत् २०७६ साल भाद्र महिना २० गते ६ रोज शुभम् ‘‘‘‘‘‘।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार