२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउँपालिका अध्यक्ष प्रेमिकासँग छुटेपछि


३०८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २१, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-रोशी गाउँपालिकाका अध्यक्ष डिबी मोक्तानको शब्दमा रहेको म्युजिक भिडियो ’फेरि फेरि’ले यतिखेर चर्चा कमाईरहेको छ । हालसालै यूट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोको मात्र चर्चा होइन अध्यक्ष मोक्तानको समेत चर्चा भइरहेको छ ।
    चलचित्र कलाकार समेत रहेका मोक्तानले गीत लेखेपछि निक्कै नै चर्चा चलेको छ । नेपाली गायन रियालिटी सो नेपाली ताराको दोस्रो श्रृंखला जितेपछि सांगितिक बजारमा राम्रो चर्चा बटुलेका गायक सन्तोष लामाले मोक्तानको शब्द रहेको यो गीत बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियो मंगलबार गायक लामाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
    यो गीतमा संगीत मात्र होइन स्वर समेत लामाको रहेकोा छ । प्रेमिकासँगको छुटेपछिका प्रेमीका भावना समेटिएको यो गीतको म्युजिक भिडियो चाहिँ नवीन बाबु गुरुङले निर्देशन गरेका हुन् ।
    युट्युबमा हालेको केही समयमा नै यो गीतको म्युजिक भिडियोले निकै प्रशंसा पाएको छ । अधिकांश स्रोताहरुले सन्तोषको स्वर, गाउँपालिका अध्यक्ष मोक्तान (गीत)को शब्द र मेलोडी मन परेको प्रतिक्रिया दिएका छन् ।
    म्युजिक भिडियोमा चाहिँ सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तानलगायतल अभिनय गरेका छन् । केही समय यता गायक सन्तोष लामाका गीतहरुले राम्रै चर्चा बटुलेका छन् । उनले टिकटककी सेलेब्रिटी अमिता गुरुङलाई म्युजिक भिडियोमा खेलाएको गीत ‘मंसिर’ त युट्युबमा हिट नै भयो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार