२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २,’ गीतबाट कमाई हुने सम्पुर्ण रकम अनाथलाई


३१२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २१, शनिबार मा प्रकाशित ४ साल अघि
  • वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष ( आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

    जालमा फसायौ २ गीतबाट भएको कमाई-रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।

    जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

    प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।

    काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन÷क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन÷सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको छ । लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २८ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार