२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अरबौं ठग्ने एनसेल बहिष्कार गरौं: रेखा थापा


२५९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • नायिका रेखा थापाले एनसेलले राज्यलाई ठगेको भन्दै बहि*ष्कार गर्न भनेकी छिन् । आफूले एनसेल प्रयोग गर्न छाडिसकेको जानकारी दिँदै तीन करोड नेपाली जनतालाई एनसेल बहि*ष्कार गर्न आह्वान गरेकी छिन् ।

    एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘एनसेलले राज्यलाई अरबौं ठगेको छ , तीन करोड नेपालीले यसलाई बहिष्कार गर्नुपर्छ ।’ उनले एनसेल मात्र नभई राज्यलाई ठग्नेहरुविरुद्ध आफू सधै सडकमा आउन तयार रहेको समेत बताइन् ।

    एनसेल प्रकरणमा राज्य दोषी भएकोसमेत उनको भनाई थियो । ‘गरिब नेपाली जनताले कर तिर्नुपर्ने तर एनसेलले तिर्नुनपर्ने ?’ उनले प्रश्न गरिन् । उनले साँच्चै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्न नहुनेसमेत बताइन् ।एनसेलले आर्जन गरेको पैसा विदेशमा पसिना बगाउनेले हेलो भनेको पैसा हो भन्दै किसान र मजदूरको रगत र पसिना चुसे बराबर भएको बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार