२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संघीय र प्रदेश समिति निर्माणमा काँगे्रसको तिब्रता


२७४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ जिल्लामा पर्ने समितिहरूमा नेतृत्व दिएको छ ।

    कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो । राजधानी दैनिकले खबर छापेको छ । सोहीअनुसार कांग्रेसले निर्देशिकालाई नै टेकेर शनिबार साँझसम्म ७२ जिल्लाका संघीय निर्वाचन क्षेत्रीय समिति तथा प्रदेशस्तरीय निर्वाचन क्षेत्रीय समितिहरूलाई पूर्णता दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    ‘हालसम्म ७२ जिल्लामा संघीय तथा प्रदेशस्तरीय निर्वाचन समिति गठन भएको जानकारी आएको छ, बाँकी जिल्लामा समेत आजभोलिमा नै सकिन्छ । सबै जिल्लामा सहमतिबाटै संरचना बनेका छन्,’ कांग्रेस मुख्य सचिव पौडेलले भने । ‘पार्टीले बनाएको निर्देशिकाको कमा तथा फुलिस्टप पनि परिवर्तन नगरी धमाधम सहमति भइरहेको छ । प्रायःजसो १३औं महाधिवेशनका सांगठनिक संरचना मार्फत नै नेतृत्व दिइएको छ,’ मुख्य सचिव पौडेलले थपे ।

    कांग्रेसले २४ भदौबाट पार्टीको दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भन्दै अभियानलाई समेत प्रभावकारी बनाउन सबै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रीय समितिहरू बनाइसक्ने लक्ष्य लिएको थियो । यस्तै, प्रदेश संरचनाबाहेकमा भने कांग्रेसले कात्तिकभित्र संरचना गठन गरिसक्ने लक्ष्य लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार