२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेतो पुतलीले गर्दा आँखा ध्यस्त


२९६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले।

    दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले। उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पु¥याइन्। त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो।

    आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो। अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्। पोखरामा भदौ १६ यता सापुका ८ बिरामी भेटिएका  छ। सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन। आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायाका अनुसार हालमसम्म सेतो पुलती (मोथ) लाई सापुको कारकका रूवमा प्रायः जोडिने गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार