२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विषादी न्यूनीकरणका लागि सचेतना कार्यक्रम


२५४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-लवग्रीन नेपालले गत १८ महिना देखि पाँचखाल नगरपालिकामा वाताबरण मैत्री एकीकृत दिगो कृषिविकास परियोजना संचालनगर्दै आएको छ ।

    यस कार्यक्रम अन्तर्गत नगरपालिकाका सरकारी र नीजि बोर्डिङ्ग विद्यालयका माध्यमिक स्तरका छात्रछात्राहरुलाई सुसुचित गर्ने उद्देश्यले जथाभावी विषादीले प्रयोग गर्दा त्यसबाट मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरु सम्बन्धी जानकारी दिएको छ ।

    कार्यक्रममा विद्यार्थीहरुलाई पाँचखालको विषयमा तयार पारिएको भिडियो र भारतको केराला राज्यको कासरकोट क्षेत्रमा काजु उत्पादनका लगि लामो समय अवधीसम्म विषादीको अत्यधिक प्रयोग गर्दा त्यसबाट मानव स्वास्थ्य र पर्यावरणमा परेको असर सम्बन्धी भिडियो देखाईएको थियो ।

    साथै उनीहरुलाई विषादीन्यूनीकरणका लागि दिगो कृषिको अवधारणा सम्बन्धी कुराहरु पनि कक्षामा प्रस्तुत् गरि सो सम्बन्धी पम्प्लेट वितरण गरिएको थियो । भाद्र महिनाको तेस्रो र चौथो हप्तामा सञ्चालित कार्यक्रममा जम्मापाँच वटाः श्री गशेश माध्यमिक विद्यालय, सर्वमंगला माध्यमिक विद्यालय, सरस्वती शिक्षा गृह पाँचखाल, गोल्डेन फ्यूचर बोर्डिङ्ग स्कुलर पाँचखाल भ्यालि सेकेन्डरी स्कूलका जम्मा ४०० जना छात्रछात्राहरुले उक्त सचेतना कार्यक्रममा भागलिएका थिए । कार्यक्रबाट विषादी न्यूनीकरणको अभियानमा सहयोग पुग्ने र घर परिवारमा सकारात्मक सन्देश जाने खेखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार