२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कन्ट्राक किलरलाई प्रहरीले झ्याप


८३८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– प्रहरीले हतियार सहित उपत्यका छिरेका कन्ट्रयाक किलर शम्भुप्रसाद साहलाई पक्राउ गरेको छ । व्यक्ति हत्याका लागि ‘कन्ट्रयाक’ गरेर काठमाडौं उपत्यका छिरेका साहलाई प्रहरीले भक्तपुरको भात्तेढिकुरबाट सोमबार राती पेस्तोलसहित पक्राउ गरेको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले साह व्यक्ति हत्याको योजनाअनुसार उपत्यका छिरेका हुन् । बारा फेटा गाउँपालिकाका साह कसको हत्या गर्न छिरेका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    कसैको हत्या गर्न साह उपत्यका छिरेको सूचनाका आधारमा नै प्रहरीले खोजीनीति गरेको थियो । एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरेका साह तराईका एक व्यापारीको हत्याका लागि भक्तपुरसम्म पिछा गर्दै आएको बुझिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार