यस गरिमामय सभामा उपस्थित उपाध्यक्ष ज्यू, माननीय सदस्य ज्यूहरु, राष्ट्र र जनताको निम्ति अहोरात्र खटिरहनु हुने राष्ट्रसेवक कर्मचारीहरु सम्वृद्धि महाभारत गाउँपालिकाको मार्गदर्शनका रुपमा रहने अगामी आ।व। ७६।७७ को वार्षिक नीति तथा कार्यक्रमको यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।
नेपालको इतिहासमा लामो समय सम्म कायम रहेको एकात्मक तथा केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ति नेपाल आमाका १३ हजार भन्दा बढी होनहार सन्तानले प्राणको आहुती दिनुभएको छ । त्यस क्रममा यस गाउँपालिकाको भूमीबाट कुल बहादुर राना मगर, ज्ञान बहादुर गोले, प्रविना बज्यू, शक्ति बहादुर मोक्तान, प्रमिला माझी, विमला वाईबा, राजु नेपाली, प्रहार, दिपक, सीमा र विष्णु स्याङतान लगायतका साहासिक योद्धाहरुले बलिदान गर्नुभएको छ, भने देशैभरि सयौंको संख्यामा बेपत्ता तथा हजारौंको संख्यामा घाईते एवं अपाङ्ग हुनु भएको छ । सर्वप्रथम ती महान् शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।
परिचय ः
संघीय संरचाना अनुसार नेपालको ३ नं. प्रदेश अन्तर्गत काभ्रे जिल्लाका १३ वटा स्थानीय तहहरु मध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. मा फैलिएको जिल्लाकै सबैभन्दा भौगोलिक हिसाबले ठूलो स्थानीय तह रहेका छन् । वि.सं. २०६८ को तथ्यांक अनुसार यस महाभारत गाउँपालिकामा १८,२८३ जनसमूदायहरुको बसोबास रहेका छन् । आर्थिक, सामाजिक, राजनैतिक, रुपमा अत्यन्तै पिछाडिएका यस महाभारत गाउँपालिकाको केन्द्रसम्म हाल पनि जिल्ला सदरमुकाम देखि सिधा जोड्ने मोटरबाटो जोड्न सकेको छैन् ।
आफ्नै छुट्टै भौगोलिक पहिचान रहेको यस गाउँपालिकामा विशेष गरि तामाङ ६९.८८, मगर (२१.२२), नेवार (२.६१), बाहुन (०.४८०) क्षेत्री (१.१२), माझी (१.०४), कामी (२.७१), सार्की (०.४२), पहरी (०.१४), दमाई (०.१४) र अन्य (०.२४) प्रतिशत समूदायका मानिसहरुको बसोबास गर्दछन् । साविकको पुराना संरचना अनुसार बुढाखानी, बनखु, घर्तिछाप, गोकुले र फोक्सििङ्टार गरि ५ वटा गा.वि.स. रहेको यस महाभारत गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकाको भूमीचुली, ताराखसे र चैत्य पानी जस्ता महत्वपूर्ण महाभारत लेकले घेरिएको छ ।
त्यसैगरि पूर्वमा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाकै मरिण गाउँपालिका र हरिहरपुर गढी गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ, भने पश्चिम्मा काभ्रेका खानीखोला गाउँपालिका अवस्थित रहेका छन् । यसरी यस गाउँपालिकालाई उत्तरी सिमानामा बाहेक पूर्वमा राङ्चा खोला, दक्षिणमा कोखाजोर खोला, र पश्चिम्मा चौखोलाले घेरिएका छन् । यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेका सामुन्द्रिक सतहबाट अन्दाजी २००० मि. उचाईमा रहेको महाभारत लेकबाट नै अन्ततः यस गाउँपालिकाको नामाकरण महाभारत हुन गएको हो, भने यस गाउँपालिका भौगोलिक रुपमा अत्यन्तै विकट रहेता पनि यहाँको उच्च पहाडहरुमा रहेको महत्वपूर्ण जडीबुटी र खोलानाला हरु अर्थ उपार्जनका लागि महत्वपूर्ण आधार बन्न सक्छन् ।
संघीय संरचना अन्तर्गत राजधानीबाट नजिकै रहेता पनि विविध कारणले हाल सम्म पनि यहाँका अधिकांश जनताहरु कृषि पेशामा निर्भर रहेकोले मुख्य आर्थिक स्रोत पनि कृषि नै रहेको छ ।
गत वर्षको समिक्षा
संघीयता कार्यान्वयनको चरणमा रहेको हाम्रो देश स्थानीय सरकारलाई जति अधिकार र शक्तिका बाँडफाँड गर्यो त्यति नै सफलता प्राप्त हुन्छ । संघीय सरकारको गहना भन्नु नै अधिकार र शक्तिको बाँडफाँड हो । हाल हामी संघीय गणतन्त्रको कार्यान्वयन गर्ने चरणमा छौं । आफ्नो क्षेत्रधिकार भित्र रहेको कानूनी र संवैधानिक अधिकार प्रयोग गर्दै पालिका भित्रका जनतालाई सरकारको अनुमति दिन सक्नु महत्वपूर्ण पक्ष हो ।
स्थानीय निर्वाचनमा घोषणा पत्रमा उल्लेखित हाम्रो प्रतिबद्धता हाल आएर पुरा हुदैं गएको छ । गाउँपालिका भित्र न्यून कर्मचारी रहेर प िनगत आ।व को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सक्नु पक्कै पनि चुनौतीपूर्ण थियो । यसलाई सहज रुपमा कार्य सम्पादन गरि समयमा नै नतिजा दिन सक्ने पालिका भित्रका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधि तथा जनसमूदालाई विशेष धन्यवाद दिन चाहान्छु ।
गत आ।व। मा पूँजीगत र चालू खर्च गरि जम्मा ३५,११,०३०० बजेट विनियोजन गरिएको थियो । जसमा बहुवर्षीय योजना बाहेक अन्यको कार्य सम्पन्न (०% भन्दा बढी भएको छ । केन्द्रीय, प्रेदश तथा स्थानीय सरकारबाट प्राप्त अनुदान मध्ये केन्द्रीय विद्युतीकरणको कार्य अगाडि बढाइएको जनताको घर–घरमा विजुली बत्ति बाल्ने निश्चित भएको र २ वर्ष भित्रै केन्द्रीय विद्युत प्रसारण हुने गरि काम शुरु भएको छ । यस गाउँपालिका भित्र रहेको ४७ वटा विद्यालयमा भवन निर्माण कार्य सम्पन्न भएको बाँकी विद्यालयहरुमा थप विद्यालय भवन निर्माणधीण हेको छ । तत्कालिन शिक्षक व्यवस्थापन गाउँपालिकाको निशर्त अनुदानबाट रकम विनियोजन गरि ४ वटै विद्यालयको समस्या केहि हद सम्म समाधान गरिएको छ । विद्यालयहरुलाईस्थायी दरवन्दी वितरण गर्ने केन्द्रीय सरकार सँग समन्वय गरिएको छ ।
प्रहरी कार्यालय जनताको घरमा भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पालिका भित्र ३ वटा प्रहरी कार्यालय गोकुले, बनखु, बुढाखानीमा पक्की भवन निर्माणको प्रक्रिया अगाडि बढि रहेको छ । प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास मध्ये २ वटा महत्वपूर्ण सिँचाई योजनाको ठेक्का व्यवस्थापन गरिएको छ । त्यस्र्त भूकम्पपीडित जनताको आवाश निर्माण कार्यक्रम मार्फत पूर्न ः निर्माणको कार्य अन्तिम अवस्थामा रहेको छ । गा।पा। बाट जिल्ला सदरमुकाम जोड्ने पक्की मोटरबाटोको डी।पी।आर। भएको गाउँपालिकाको केन्द्र सम्म जोड्ने बाटो ८ वटै वडामा जोड्ने गरि कामको थालनी भएको छ । अधिकांश वडामा मोटर बाटो जोडिएको छ । वडा कार्यालय नभएको वडामा नयाँ भवन निर्माणको कार्य अगाडि बढेको छ ।
विभिन्न सार्वजनिक सेवा प्रदान संस्थाहरु, विभिन्न विकास निर्माणको चरणमा रहेका पूर्वाधारहरुको अनुगमन, नियमन र नियन्त्रण प्रभवकारी हुदै गएको छ । प्रशासकीय सुधार सुशासन कायम हुदै गएको छ । पालिका तथा वडाबाट दिने सार्वजनिक सेवालाई प्रविधि मैत्री बनाईदै लगिएको छ । गाउँपालिकाको यथार्थतालाई बुझ्न सुक्ष्म अध्ययन गर्न र वस्तु गत अध्ययन गर्न केन्द्रीय तथा प्रदेश स्तरको मन्त्री तथा नेतृत्वको उपस्थिती गराउनु अर्को महतवपूर्ण पक्ष रह्यो । यस आ।व।मा बनखुको सल्लेनीमा बृहत कार्यक्रम गरी खुल्ला दिशामुक्ता गा।पा। घोषणा गरियो । प्रकृति प्रकोप, विपत, आगलागी र दुर्घटनामा परेको व्यक्तिहरुलाई उद्धार कार्यका लागि तिव्रता दिइएको छ । गाउँपालिका भित्रको जनताको गुनासोलाई शिरोपर गरी बैकिङ कारोबार गर्ने बैंकको स्थापना गरेको छ । यस गाउँपालिकाको विकट क्षेत्र महाभारत–३ फोक्सिङटारको ठूलोपोखरा र महाभारत–१ छोटेसहानमा बस उद्घाटन गरि बस सेवा संचालन गरेको छ ।
कृषि तथा पशुपन्छी कार्यक्रमलाई जनता सँग जोडी कृषि उतपादन क्षेत्रको कृषि उत्पादन वृद्धिका लागि कृषकलाई उन्नत जातका विउविजन तथा कृषि सामाग्री वितरण गरिएको छ । यस महाभारत गाउँपालिकाको ८ वटै वडामा स्वास्थ्य सेवा विस्तार गरि आफ्नै आन्तरिक अनुदानबाट स्वास्थ्यकर्मी नियुक्ति गरि ६८ प्रकारका औषधी तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ । अझ जनताको घरघरमा स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन एकीकृत स्वास्थ्य घुम्ती शिविर संचालन गर्दै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण कार्य सम्पन्न गरेको छ । एक गाउँपालिका एक प्राविधिक शिक्षा भन्ने नारालाई पूर्णताः दिदै यस गाउँपालिकाको वडा नंं। !
श्री भैरव मा।वि मा कृषि प्राविधिक शिक्षा बाली विज्ञानको अनुमति प्राप्त गर्न सफल भएको छ । पालिकाभित्रका सामूदायिक व्द्यिालयलाई स्वास्थ्य प्रतिस्पर्धा को विकास गर्न रबालबालिकाको आन्तरिक क्षमताको विकास गर्न पालिका स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको पढाई प्रति तीव्र अभिरुची जगाउन सामूदायिक मा।वि बाट SEE परिक्षामा उत्कृष्ट अंक २ जना छात्र तथा छात्रालाई प्राविधिक डिप्लोमा अध्ययन गर्नका लागि नगद रु २ लाख छात्रावृती प्रदान गरेको छ । गाउँपालिका भित्र स्थायी सेवा लिई सार्वजनिक संस्थामा काम गर्न राष्ट्रसेवक सम्मान तथा प्रोत्सहान गर्दै लगेको छ ।
जेष्ठ नागरिकको जेष्ठ नागरिकको अवस्थालाई ध्यान दिदै टोलटोलमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता वितरण गरेको र साथै यस गाउँपालिकाले गत आ.व.मा विशेष तथा समपूरक बजेटप्राप्त गर्न सफल भएको छ .यसरी गत आ.व. को बजेट बाट यस पालिकामा विनियोजन गरिएको कार्यक्रम उत्साहजनक तरिकाबाट सम्पन्न भएको छ । यसले अगामी वर्षमा अझ प्रभावकारी ढंगले बजेट कार्यान्वयन गरि हामीले अपेक्षा गरेको उपलब्धि प्राप्त गर्न हामी झन्प्रोत्साहित भएको छौँ ।
भूमिका
देशमा लामो समय देखिको राजनैतिक संक्रमणकालको पूर्णतः अन्त्य भएतापनि स्थानीय तहहरुको कार्य सम्पादनलाई जनमुखि सेवा प्रदान गर्नका लागि हाल कर्मचारी समायोजनले गर्दा कर्मचारी अभाव भई ठूलो समस्या उत्पन्न भएका छन्. नेपाल सरकारको सम्वृद्ध नेपाल सुखी नेपाली भन्ने मूलनाराका साथ आएको दोस्रो वर्षको नीति तथा कार्यक्रमले पक्कै पनि सम्वृद्ध महाभारत शुखी महाभारतको सपनालाई थप टेवा पुग्नेछ . यस सन्दर्भमा विकास निर्माणका मुख्य कार्यहरु बस्ती केन्द्रीत हुदैँ आएका छन्. यस क्रममा सम्वृद्ध र विकसित महाभारत निर्माणका लागि यस गाउँपालिकाको बस्ती स्तरमा विकासका कार्यक्रमहरु तीव्र गतिमा अगाडि बढिरहेको यहाँहरु सबैलाई सर्ववित्तितै छ ।
विकासका दृष्टिले नागरिकको असिमित चाहानाहरु छन्. त्यसको परिपूर्तीका लागि संघीय सरकार प्रदेश सरकार र हामी स्थानीय सरकार एंव नीजि क्षेत्रको संयुक्त पहलकदम लिन आजको जननिर्वाचित तपाईहामी सबैको महत्वपूर्ण जिम्मेवारी रहेका छन्. विकास सुशासन र भ्रष्टचार मुक्त महाभारत निर्माण गर्नका लागि तपाई हामीमा महत्वपूर्ण सम्भावनाका वीच गम्भिर खालका चुनौतीहरु पनि यथावत रहेका छन् । यी विविध खालका सम्भावना र चुनौतीको वीच हाल सम्म आफ्नो कार्यलाई जनमुखी, सुशासन युक्त बनाउदै आउनु भएकोमा तपाई जनप्रतिनिधि ज्यूहरु, कर्मचारी मित्रहरु, नागरिक समाज, बुद्धिजिवी, समाजसेवी, शिक्षक, विभिन्न राजनैतिक दल लगायत आम महाभारत आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा विशेष धन्यवाद दिन चाहान्छु ।
अब, म यस गरिमामय सभामा महाभारत गाउँपालिका गा.पा. को तेस्रो वर्षको आ.व. ७६.७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यो विशेष अवसरमा सम्वृद्ध र सुखी महाभारत निर्माणको लागि सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा यस महाभारतको विकासको लागि तन, मन, वचन र कर्मले म आफ्नो तर्फबाट लागिरहने प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुको तर्फबाट लाग्नका लागि विशेष आह्वान गर्दछु ।
कान्छालाल जिम्बा
अध्यक्ष
महाभारत गाउँपालिका