२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डेंगु न्यूनिकरण अभियानमा पाँचखाल, काभे्र डेंगुको लागि उपयुक्त स्थान हो- डा.झा


२७५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    पाँचखाल-लामखुट्टेबाट सर्ने मानव शरिरको लागि घातक रोग डेंगु न्यूनिकरण अभियानमा पाँचखाल नगरपालीका सक्रिय ढंगबाट अगाडी बढेको छ । बुधबार सरोकारवालाहरुका विचमा गोष्ठिको संञ्चालन गर्दै अभियानलाई अगाडी बढाएको हो ।

    नेपालको ६१ जिल्लामा डेंगु रोगले आक्रमण भएको छ । जसका कारण ४ हजार ९ सय जनामा डेंगु रोगको लक्षण देखा परेको छ । पाँचखाल नगरपालिकामा हाल सम्म डेंगु रोगको लक्षण कसैलाई नदेखिएपनि काभे्र जिल्लामा हाल सम्म ६ जनालाई आक्रमण भई सकेको छ ।

    काभे्रमा डेंगुको लक्षण देखापरेपछि उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अग्रसरता देखाएको छ । काभे्र जिल्ला डेंगु रोग फैलनको लागि संभाव्यत स्थान भएको भन्दै जिल्लाका विभिन्न स्थानमा न्यूनिकरणको लागि अभियान सञ्चालन भएको छ । सोही क्रममा पाँचखालमा पनि सो रोग फैलाउने खालको लामखुट्टे हुन सक्ने भएकोले न्यूनिकरणको लागि बुधबार सरोकार वालाहरु विचमा एक दिने अभिमुखिकरण गोष्टि सञ्चालन गरेको थियो ।

    पाँचखाल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले डेंगु रोगसंग नआत्तिकन सचेत रहेर अगाडी बढ्नु पर्ने बताउनु भयो । डेंगु रोग निम्त्याउने लामखुट्टेको उत्पादन हुने संभावित स्थानहरुको पहिचान गरी अभियानको रुपमा नगरको सिंगो टिम लागेर जनचेतना मुलक अभियान सञ्चालन गर्ने बताउनु भयो ।

    त्यसैगरी नगरका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भंण्डारीले नगरवासिलाई डेंगुको आक्रमणबाट जोगाउन सकृय ढंगबाट अगाडी बढ्ने बताउनु भयो । नगरपालिकाको दायित्व नगरवासिहरुको संरक्षण गर्ने भएकोले डेंगु नियन्त्रणको लागि अभियानको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाँले थप्नुभयो महिला स्वयंसेवकले डेंगु नियन्त्रण गर्नको लागि डाक्टरको भूमिका खेल्नु पर्ने बताउनु भयो । डेंगुको शुरक्षीत स्थानको पहिचान गरी नष्ट गर्नको लागि अभियान थालेको बताउनु भयो ।

    कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले पाँचखालमा मात्रै डेंगु भएको नभई सिंगो काभे्र जिल्लामा डेंगु भएको बताउनु भयो । डेंगु रोगलाई निर्मुल गर्ने संसारमा कुनै डाक्टर छैन तर जनसमुदाय अगाडी बढेमा नियन्त्रण हुने ठोकुवा गर्नुभयो । रोग नियन्त्रण गर्ने कार्यमा डाक्टरको कुनै भूमिका नहुने सम्पुर्ण भूमिका जनसमुदायको हुने भएकोले अभियानलाई अगाडी बढाउने बताउनु भयो । उहाँले थप्नुभयो सफा पानी स्टोर गरेको ठाउंमा डेंगु उत्पादन हुन्छ सो बिषयमा जनसमुदायमा चेतना फैलाउनु पर्ने बताउनु भयो ।

    डा. झाले थप्नुभयो “डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको पहिचान गरौं, लार्भा नष्ट गर्ने अभियानमा जुटौं” भन्ने मूल नाराका साथ नगरस्तरीय डेंगु नियन्त्रण अभियानको थालनी भएको छ । एकपटकमा एउटा लामखुट्टेले ३ सय वटा फुल पार्दछ, त्यसैले यसको वृद्धि विकासको लागि धेरै ठूलो पानीको आवश्यकता पर्दैन, थोरै पानी भएका खाल्डाखुल्डीले पनि यसको आवश्यकता पूरा गर्छ । त्यसैले घर वरिपरिका साना पानी जमेका खाल्डाखुल्डी पुर्न आवश्यक छ । ३÷४ दिनभन्दा बढी पानी जम्न नदिऔं यति मात्र गर्न सके पनि डेंगु रोग नियन्त्रणका लागि केही सहज हुनेछ ।

    त्यसैले प्रत्येक नगरवासीले आफ्ना घर वरिपरि रहेका पानी जम्ने खाल्डाखुल्डीहरु पुरी आफ्नो घर करेसालाई सफा सुग्घर राख्न सक्यौं भने यो रोगले महामारी रुप लिन सक्दैन । डेंगु उत्पादनको मुख्य थलो भनेको पानी जमेको टायर, प्लाष्टिकका बोतलहरु, पानी जमेका गमलाहरु हुन् । त्यसैले टायरसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने गाडी धनी र ग्यारेज धनीहरुले यी विषयमा अलिकति पनि चासो राखिदिनु भए यो समस्या निराकरण भएर जानेछ । यस किसिमको लामखुट्टेले दिउँसो मात्रै आक्रमण गर्ने भएकोले यसबाट बच्नका लागि पूरा बाहुला भएका कपडाहरु लगाउने, बट्टा, मट्टितेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरि नराख्ने । राख्नै परेमा पानी जम्न नदिने, पानी जम्मा पारेका ट्यांकी तथा बाल्टिनमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्काेले छोपेर राख्ने, फूलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउने, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने, घरका झ्यालढोकामा जाली लगाउनु पर्ने बताउनु भयो ।

    जिल्ला जनस्वास्थ्य निरिक्षक कमलेस मिश्रले संञ्चालन गरेको उक्त कार्यक्रममा वडा अध्यक्षको तर्फबाट पुष्कर ढकाल, पाँचखाल नगरपालिका कोशिदेखा स्वास्थ्य चौकी प्रमुख पृथ्बि वहादुर शाहि लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य प्रतीनिधिहरु, राजनैतिक व्यक्तित्व, समाजसेवी, संञ्चारकर्मी साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    पाँचखाल स्वास्थ्य शाखा प्रमुख उज्जल अधिकारीसंग डेंगु नियन्त्रणको बिषयमा संम्पर्क राख्दा पाँचखालमा डेंगु छ, तर नियन्त्रण गरेर छाड्ने बताउनु भयो । उहाँले थप्नुभयो नियन्त्रणको लागि पहिलो उपाय जनचेतना मुलक कार्यक्रम हो, कतिपय स्थानमा अभियान चलाई सकेको छ , भोली (विहिबार) विहान पाँचखालको प्रमुख व्यापारीक केन्द्र तामाघाटमा डेंगु नियन्त्रणको लागि जनचेतना मुलक अभियानको लागि ¥यालीको तयारी गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार