२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपस्थित सबैलाई स्तब्ध पार्दै विदाई भए शिव


३५३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • पनौती-कति कार्यक्रमहरु झर्काे लाग्ने, कार्यक्रममा बस्नै मन नलाग्ने हुन्छन् त कति कार्यक्रम जति बसे पनि झर्काे पनि लाग्दैन र समय बितेको पनि पत्तो हुँदैन । यस्तै झझल्को मंगलबार पनौती चौकीमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा पाइयो । कार्यक्रमका प्रमुख आकर्षक पनौती नगरपालिकाका नगर पिता भिम न्यौपाने मलिनो प्रस्तुतीमा बिदाई गर्न प्रहरी चौकी पनौती पुग्नुभएको थियो । बिदाईका पात्र प्रनानि शिव कार्कीलाई अंकमाल गर्दै यहाँले यो क्षेत्रमा दिनुभएको सुरक्षाको प्रत्याभूति हामी पनौतीवासीले भुल्न सक्दैनौं । अबको नेतृत्वले तपाईंको साथ जीवन्त राखोस् यही शुभकामना दिन चाहन्छु । आगामी यात्रा यहाँका अनुकरणीय रहनेछन्, मुलुकका जुनसुकै स्थानमा पुगेपनि पनौती नबिर्सिनुहोला यही सन्देश लिएर जानुहोला भन्दै बिदाई गर्नुभएको थियो ।

    लामो समयदेखि पनौती क्षेत्र र आसपासको सुरक्षालाई मजबुत पार्दै अब्बल नेतृत्व प्रदान गर्न सफल प्रनानि शिव कार्की भावुक हुँदै बिदाई समारोहमा प्रस्तुत भएका थिए । मंगलबार बिहान आयोजित बिदाई तथा स्वागत समारोहलाई सम्बोधन गर्ने क्रममा प्रनानि कार्कीका आँखा रसाएका थिए । उनको प्रस्तुतीले बिदाई र स्वागतमा जुटेका सम्पूर्णलाई भावव्हिल सहित स्तब्ध बनाएका थिए । सम्बोधनकै क्रममा प्रनानि कार्कीको थप कथन थियो– मेरो कमाइ भनेकै यो जमघट हो । मैले यति ठूलो आत्मीय परिवार जन्माएछु । यसैमा गौरवान्वित भएको छु । सेवाको क्रममा केही आरोह अवरोह झेल्नु प¥यो होला । गर्वका साथ भन्छु कतिलाई पुन जीवन पनि दिएको छु । मेरो बसाई क्रममा केही छिटफुट बाहेक जघन्य किसिमको घटना हुन पाएनन् । यो अवस्था सिर्जना गर्न सहयोग पु¥याउनु हुने कर्मचारी सहयात्रीहरु लगायत सम्पूर्ण पनौतीवासीहरुमा आभार व्यक्त गर्दछु भन्नुहुँदै उपस्थित सबैलाई स्तब्ध पार्दै आफू पनि भक्कानिँदै बिदा लिनुभएको थियो ।

    स्वागत शिरोपर गर्दै जिम्मेवारी समात्न आइपुग्नु भएका प्रसनि हरिशरण बस्नेतको तर्क थियो– सम्मान दिँदैमा कुनै पनि सामाजिक मर्यादा मिच्ने काममा छुट हुने छैन भन्दै गैर कानूनी क्रियाकलाप गर्न छुट हुने छैन । त्यसैले यो सभ्य र भव्य कार्यक्रमको शोभा बढाईदिनु हुने सम्पूर्ण जनसमुदायप्रति आभार व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार