२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अपहरणमा संग्लन ४ जना पक्राउ


२६५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • पोखरा ६ लेकसाइड बस्ने एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले मंगलबार ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ का ३४ वर्षीय रोहित सुनार, पोखरा ८ का ५० वर्षीय बासुदेव पोखरेल र पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा छन् ।

    मंगलबार बिहान नयाँबजारमा रहेको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालयअघिबाट ती निर्माण व्यवसायी अपहरण गरेको प्रहरीले जनाएको छ ।

    ‘ती निर्माण व्यवसायीलाई सेवा केन्द्रको कार्यालयअघिबाट जबरजस्ती गाडीमा हालेर पछिबाट मोटर साइकलबाट स्कर्टिङ गरेर लगिएको सूचना पायौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले भने, ‘सूचना पाउने बित्तिकै खटिएको हाम्रो टोलीले निर्माण व्यवसायीलाई उद्धार गरी घटनामा संलग्नलाई नियन्त्रणमा लियो ।’

    ती निर्माण व्यवसायीलाई पोखरा ९ मा रहेको निर्माण व्यवसायी समितिको क्षेत्रभित्रैबाट उद्धार गरिएको केसीले जानकारी दिए । उद्धार गरिएका निर्माण व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन ।

    अपहरणमा गर्ने प्रयोग गररिएका सवारी साधनसहित अपहरणमा संलग्नलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार