अभियानअन्तर्गत प्रदेश भरिका सम्पूर्ण स्थानीय तह, राजनीतिक दल, संघ संस्था, टोल सुधार समिति र अन्य सबै व्यक्तिलाई प्रत्येक बिहान एक घण्टासम्म आफ्नो घरर कार्यालय वरिपरि १ सय मिटरसम्मको दूरीमा “खोज र नष्ट गर” भन्ने अभियान सरिक बनाउने भएको छ ।
प्रदेश सरकारले डेंगु नियन्त्रणमा सरकारले नीति ल्याउने भन्दा पनि फिल्डमा सबैलाई उतार्ने काम गरे नियन्त्रण हुन सक्ने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । उनले प्रदेशका सम्पूर्ण नागरिकलाई डेंगु नियन्त्रणमा सक्रिय हुन आग्रह गरे । उनले पाउडर छरेर मात्र डेंगु नियन्त्रण नहुने भन्दै यसका लागि खोजी गरेर नष्ट गर्नुको विकल्प नरहेको बताए । प्रदेश सरकार डेंगु नियन्त्रणमा पूर्णरूपमा लागेको मन्त्री दुलालले बताए ।
हालसम्म प्रदेश ३ मा कति जनाको मृत्यु भयो ?
प्रदेश ३ मा डेंगुको कारण ३ जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ७६ मा संक्रमण देखिएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले दिएको बुधबारसम्मको तथ्यांकअनुसार चितवनमा २ जना र सिन्धुपलाञ्चोक घर भएका एकजनाको काठमाडौंमा मृत्यु भएको छ ।
प्रदेश ३ को ५ वटा जिल्लामा भने डेंगुको प्रकोप नभएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि मन्त्रालयले रहेको बताए पनि डेंगु संक्रमित नागरिक सम्बन्धित जिल्लाको भएता पनि बसोबास काठमाडौंमा भएकोले ५ वटा जिल्लामा डेंगुको संक्रमण नरहेको मन्त्रालयले जनाएको हो । प्रदेश ३ को दोलखा, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक जिल्लामा डेंगुको संक्रमण नरहेको बताएका छ ।
बुधबारसम्म प्रदेशको चितवनमा १ हजार ४ सय ६० काठमाडौंमा १ हजार ३ सय ४५, मकवानपुरमा ७ सय २८, ललितपुरमा १ सय ५, भक्तपुरमा ९, धादिङमा २३, काभ्रेमा ६ र नुवाकोटमा २ जनामा डेंगु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।