२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ब्लुबुक नवीकरणको जरिमाना ३२ प्रतिशतसम्म


३१८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेको छ । संसोधित ऐनमा प्रदेश सरकारले सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिमाना घटाएको छ ।

    सरकारले पहिले तय गरेको शतप्रतिशतसम्मको जरिमानालाई घटाएर ३२ प्रतिशतमात्र तिर्नुिपर्ने बनाएको छ । प्रदेश सभाले ऐन संशोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुखको कार्यालयले विधेयक प्रमाणिकरण गरेपछि ऐन राजपत्रमा प्रकाशित भएको हो।

    अब कर दाखिल गर्नुपर्ने म्याद नाघेको पहिलो ३० दिनसम्मलाई सवारीसाधन कर रकमको ५ प्रतिशतको दरले, त्यसपछिको ४५ दिनसम्मलाई १० प्रतिशतको दरले, त्यसपछि सो आर्थिक वर्षको अन्तसम्मलाई सवारी साधन कर रकमको २० प्रतिशतको दरले र त्यसछिको ५ वर्षसम्म प्रत्येक आर्थिक वर्षको लागि सवारीसाधन कर रकमको ३२ प्रतिशतको दरले जरिमाना तिर्नुपर्ने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार