२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बालमैत्री स्थानीय शासनको चटारोमा सहजकर्ता


२२७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पनौती-मंसिर महिनाभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने चटारोमा पनौती नगरपालिका यतिबेला युद्धस्तरमा लागिपरेको छ ।

    पनौती नगरपालिकाभित्र रहेका विभिन्न वडाहरुमा स्थानीय सहजकर्ताहरुलाई अहिले भ्याइ नभ्याई भएको छ । प्रत्येक बस्ती बस्तीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम द्रुत रुपमा चलिरहेको छ । यसैबिच पनौती नपा वडा नं. १० का सहजकर्ता मिरा गिरीका अनुसार उक्त वडाका अधिकांश टोलबस्तीहरुमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

    यसैबीच पार्के टोल, सत्याल डाँडा, पाटीखर्क लगायतको क्षेत्रलाई समेटेर श्रीराम माविको सभाकक्षमा गत शनिबार अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । जसबाट यो वडामा अब अभिमुखी कार्यक्रम सम्बन्धी कार्यक्रम लैजाने क्रम पूरा बताउनुभएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी सूचांकहरु यस वडाले पूरा गरेको गिरीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार