२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हुमागाईंको नेतृत्वमा बजार अनुगमन


२८२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल-जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाको नतृत्वमा बनेपामा बजार अनुगमन गरेको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा आयोजित भुकम्पछिको पुननिर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काभ्रेको आयोजना तथा ट्रान्सपरेन्सी इन्टरनेशनेल नेपालको संलग्नतामा पुननिर्माणसँग सम्बन्धित सामाग्रीहरुको बजार अनुगमन भएको हो ।

    अनुगमनको क्रममा बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको राजेश हार्डवेयर, वि.के खाद्य स्टोर, सिन्धु दोलखा खाद्य स्टोर अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजेश हार्डवेयरमा विक्रिका लागि राखिएको सिमेन्ट, रड, काँडेतार, जस्तापाता मापदण्ड अनुसार रहेको पाइएको छ । आवश्यक मात्रामा तौल पुगेको पाइएको छ । त्यसैगरी पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको काभ्रे ट्रेड लिकमा पनि अनुगमन टोली पुगेको थियो । त्यहाँ म्याद सकिएको रंगहरु पाइएकोले सो रंगहरुलाई विस्थापित गरिएको छ ।

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गुणस्तरीय तथा नाप तौल विभाग काठमाडौका प्रतिनिधि निराजन पुडासैनी, घरेलु तथा साना उद्योग काभ्रेका प्रमुख केशव प्रसाद पुडासैनी, काभ्रे उद्योग वाणिज्य संघका प्रतिनिधि बसन्त नारायण भोछिभोया, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामा, नेपाल प्रहरी बनेपाका सई सन्तोष बाँनिया, बनेपा नगरपालिकका प्रतिनिधि, पनौती नगरपालिकाका प्रतिनिधि, संचारकर्मी लगायतको टिमले अनुगमन गरेका थिए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विगत ३ वर्ष अगाडी देखि पुननिर्माणसँग सम्वन्धित सदाचार अभिवृद्घिका कामहरु गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार