२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरको विकासका लागि लगानीको पहिलो आधार शिक्षा हुनुपर्छ- सापकोटा


३५४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कुन्ता-शिक्षाको क्षेत्रमा आफूलाई अब्बल रुपमा स्थापित गर्ने जमर्काे सहित मण्डनदेउपुर नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस एवं ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।
    उक्त अवसरमा विद्यार्थीदेखी शिक्षा क्षेत्रका अब्बल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । जस अन्तर्गत उक्त समारोहलाई सफल पार्न सहभागी जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सयौंको उपस्थितिमा आईतबार कुन्तावेशी बजारमा ¥याली आयोजना गरिएको थियो । ¥याली पश्चात सभामा परिणत भएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    नेकपाका नेता कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रमाणपत्रका साथ नगरप्रमुख टोक वहादुर वाईवाद्धारा खादा र उपप्रमुख निर्मला शाहीद्धारा अविर लगाएर नगरको शिक्षामा तदारुकताका साथ लाग्ने विद्यार्थी, शिक्षक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, कर्मचारी एवं शिक्षा क्षेत्रका बौद्धिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
    सम्मानित व्यक्ति तथा संघसंस्थाहरुको बारेमा प्रष्ट्याउँदै गोविन्द्र प्रसाद पराजुलीको तर्क थियो– सिकाई उपलब्धि, नियमितता, क्रियाशिलता, सिर्जनशिलताका आधारमा ति व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको बताउनुभयो ।
    नगरभित्र रहेका ४० वटा सामुदायिक र ४ बालविकास केन्द्रमार्फत नगरको शैक्षिक गुणस्तरमा भुमिका खेल्ने उत्कृष्टहरुलाई सम्मान दिएको नगरका सामाजिक विकास शाखा प्रमुख तथा शिक्षा समिति सदस्य झलक प्रसाद पौडेलको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार