२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनले गर्दा ज्यान गयो खत्रिको


२०६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • नवलपुरको गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको गरेको छ ।
    इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका हुन् । खाना खाएर भाँडा माझ्दै गरेकी भूमालाई पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

    घरमा एक्लै बस्दै आएकी उनी भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ । उनको आँखा फुटेको छ । वृद्धा भूमादेवीका तीन छोरा जापान र एक छोरा अष्ट्रेलियामा छन् । उनका चार छोरी छन् ।

    घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ खिचापोखरी घर भइ हाल गैंडाकोट–१५ बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ घर भइ सोही ठाउँ बस्ने ४५ वर्षका बसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराल रहेका छन् । उनीहरुबारे अनुसन्धान अघि बढाइएको गैंडाकोट प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार