२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा सांसदलाई जेल सजाय


२२९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । नेकपाको तर्फबाट निर्वाििचत प्रदेश २ सांसद लाई अदालतले एक बर्ष जेल साथै ५ हजार जरिवाना तोकेको छ ।

    सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले उक्त फैसला गरेको थियो । २०७२ साल जेठ १३ गते धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो ।

    जिल्ला अदालतको फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन ९अहिलेको उच्च अदालत० ले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । २०७६ साल असार २५ गते उच्च अदालतले सोही फैसलालाई सदर गरेपछि जिल्ला अदालतले कानुनि कारवाहीको लागि प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।

    जिल्ला अदालतले हालै प्रदेशसभालाई फैसलाबारे जानकारी गराएको छ । सांसद साहकी जेठी पत्नी संगीता देवी यादवको जाहेरीले जिल्ला अदालतले साहबिरुद्व यस्तो फैसला गरेको हो । साह प्रदेशसभाको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका हुन् ।

    साह तत्कालिन नेकपा माओवादीमा लागेको बखत २०५७ सालमा संगीतासँग अन्तरजातीय विवाह गरेका थिए । दिलिप र संगीताबाट दुई जना छोरा जन्मेका छन् ।
    आफ्नो श्रीमती र दुई छोरा हुँदाहुँदै दिलिपले २०७० साल माघ १ गते धनुषाकै जानकीसँग अर्को विवाह गरेपछि संगीताले जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गराएकी थिइन् ।

    दिलिपकी जेठी पत्नी संगीता बर्तमान उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवकी छोरी हुन् । माओवादी सशस्त्र युद्धका बेला दुबैले विवाह गर्दा मातृकाले पनि समर्थन जनाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार