२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

२ तोला सूनको लागि बृद्धाको हत्या


१९७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  •  नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१५ मनकामना टोलकी ६८ वर्षीया भुमादेवी खत्रीको हत्या आरोपमा पक्राउ परेको ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
    प्रहरीले सार्वजनिक गरेकाहरुमा खोटाङको दिप्रुङ गाउँपालिका–६ घर भई नवलपरासी गैडाकोट बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ ऋसिङ गाउँपालिका–२ घर भई गैंडाकोट–१५ बुद्धचोक बस्ने ४५ वर्षीय बसन्तकुमार बराल र उनकी श्रीमती ४३ वर्षीया कमला बराल छन् ।
    उनीहरुले भुमादेवीको हत्या गरेर सुनका गहना (सिक्री, लकेट, रिङ गरी २.५ तोला) सुन लुटेका थिए । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार