२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा ८ अर्व योजना सुरु हुँदैछ : मन्त्री बाँस्कोटा


२११२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • थधुलिखेल , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेमा खानेपनीका २ योजना आगामी २ महिनाभित्र निर्माण सुरु गरिने बताउनुभएको छ ।

    धुलिखेल नगरपालिका वडा नं. २ मा आयोजित एक घर एक घारा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेमा पानीको चरम अभाव भएका पाँचखाल, मण्डनदेउपुरको ज्याम्दी र नमोबुद्ध नगरपालिकाको भकुण्डेमा खानेपानी आयोजना सञ्चालन हुने बताउनुभएको हो । मन्त्री बाँस्कोटाका अनुसार मण्डनदेउपुरको ज्याम्दीमा १ अर्व ७५ करोड र भकुण्डेमा करिब ३ अर्वको लागतमा आयोजना निर्माण सुरु गरिने बताउनुभएको हो ।

    पाँचखालमा २ अर्व २१ करोडको खानेपानी आयोजनाको गत साता सम्झौता गरेका मन्त्री बाँस्कोटाले अन्य दुई योजना दुई तिन महिनामै सुरु हुने बताउनुभएको हो । यसैगरी ग्वार्को–पनौती–चौकीडाँडा सडकमा ५३ करोड, नगरकोट–देउपुर–हिँगुवापाटी सडकमा १० करोड, बनेपा–रविओपी–पाँचखाल सडकमा ५ करोड, पनौती खोपासी सडकमा ४ करोड लगायत झण्ड ८ अर्वको माथिका योजना निर्माण कार्य दुई तिन महिना भित्रै सूचारु हुने मन्त्री बाँस्कोटाले बताउनुभएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार