२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कुलमानको भनाईले घर भाडामा दिनेको सातो गयो


३८८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन् ।

    उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटर बिलमा उठेभन्दा बढी महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरे । नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिए भन्दा बढि भाडा लिन नपाउने कानुनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ ।

    प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ । त्यसैगरी १११ मेघावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

    प्राधिकरणले चालू आर्थिक वर्षभित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पु¥याउने योजना तय गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार