२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउँपालिका अध्यक्ष माथि गोली प्रहार


२०८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी गोली प्रहार भएको छ । गोली हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
    गाउँपालिकाको सेन्टर मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेको अवस्थामा गहुँ गोरो वर्णको अन्दाजी ५ फिट ३ इन्च उचाइ भएको अपरिचित व्यक्तिले गोली प्रहार गरेको हो । उक्त व्यक्तिले चलाएको गोली भुईमा लाग्दा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए । उनका अनुसार तत्काल घटनास्थल पुगेको प्रहरी टोलीलाई देखेर भागेको उक्त व्यक्तिलाई पक्राउ गर्न खोज्दा कैलास खोलामा हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।
    घटना स्थलमा शान्तडा प्रहरी चौकीमा कार्यरत सहायक निरीक्षक भरत बहादुर रोकायको टोली खटिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा ११ जनाको प्रहरी टोलीसमेत खटाइएको छ । अहिलेसम्म कुनै समूहले घटनाबारे जिम्मा लिएको छैन ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार