काठमाडौँ — बाँकेको घटनालाई लिएर सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको छ । सोमबार ३ बजेको संसद बैठकमा राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा कांग्रेसका जिल्ला सभापतिलगायतका कार्यकर्तामाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न सरकारले आलटाल गरेको र दोषीलाई तत्काल कारबाहीको माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारेको हो ।
प्रतिक्रिया दिनुहोस