२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकै स्थानमा ५ सय डेंगुको रोगी, दुइको मृत्यु


२०४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • तीन महिनाअघि देखा परेको डेंगु अझै नियन्त्रणमा आउन नसक्दा झापामा  ५०० भन्दाबढी डेंगु रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेंगु नियन्त्रणका लागि गत वर्ष कार्यक्रमहरु आएपनि यस वर्ष कुनै कार्यक्रम आएन । स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको बताए ।

    डेंगु कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार