२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लोकतान्त्रिक गणतन्त्रलाई निमोठ्ने आँट नगरे हुन्छ- दाहाल


२२३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काठमाडौँ । नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध अराजक गतिबिधि मच्चाउन खोज्नेहरुको विरुद्धमा उत्रन युवाहरुलाई सुझाव दिनुभयो ।

    सोमबार नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवस मनाउने क्रममा अध्यक्ष दाहालले थप्नुभयो प्रतिक्रियावादी प्रवृत्तिप्रति आम युवा साथै विद्यार्थिहरु सजग रहँदै अगाडी बढ्नु पर्ने बताउनु भयो । समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम चुनौतीपूर्ण छ तर पार लगाएरै छाड्ने बताउनु भयो । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति समेत रहेको बताउनु भयो । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा निमोठ्न सकिन्छकी भन्ने दिवा स्वप्ना देखेका छन् तर कसैको केही नलाग्ने बताउनु भयो ।

    कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएको बताउनु भयो । अराजकतावादी विरुद्ध सजग रही प्रतिकार गर्नु पर्ने बेला भएकोले तयार रहन युवाहरुलाई आग्रह गर्नुभयो । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा अगाडी बढ्न सवै पक्ष तैयार रहेको बताउनु भयो ।

    कार्यक्रममा अध्यक्ष दाहालले नेता बोगटीलाई जहाँ–जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ–त्यहाँ खट्ने गरेको बताउंदै अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन शक्ति समेत रहेको बताउनु भयो । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् थिए । उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल , नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचन लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार