२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धारीलो हतियार धारी समुहबाट लुटपात


३२८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • मर्स्याङदी गाउँपालिका-३ टुनीखर्कमा हतियारधारी समूहले आइतबार घरभित्र पसेर वृद्धवृद्धालाई अन्धाधुन्द धारिलो हतियार प्रयोग गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुका साथबाट लुटेरा समूहले ८ तोला सुन लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।डीएसपी रविन्द्रमान गुरुङका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ ।

    नकाव लगाएर आएको ३ जनाको समूहले हतियार प्रहार गर्दा ७८ वर्षीय आइतसिंह गुरुङ घाइते भएका छन् । गुरुङको दायाँ औंला र टाउकोमा चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गुरुङका पत्नि भीमकुमारी भने जोगिएकी छन् ।

    घाइते आइतसिंहका अनुसार गर्मीको समय भएकाले ढोकामा चुकुल लगाइएको थिएन । राति साढे १२ बजेतिर मुखमा नकाव लगाएर आएको टोलीले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र पत्निको दुवै कानमा रहेको साढे १ तोलाको सक्रिसहितको सुनका साथै घाँटीमा लगाएको ३ तोलाको सुन समूहले लुटेर लगेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार