२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भ्रमण वर्ष २०२० का लागि  –“हामी सबै प्रतिबद्ध होऔं”न्यौपानेले


२०१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कार्यक्रममा सहभागि ट्रेकिङ व्यवसायी,होमस्टे व्यवसायी,होटल व्यवसायीदेखी सर्वसाधारणसम्मले आ«–आफ्ना प्रतिक्रिया जनाए । व्यवसायीहरुले मौखिक तथा लिखित रुपमा पर्यटन विकासको लागि सल्लाह सुझावका साथै योजना प्रस्तुत गरे ।

    उनिहरुले सर्वप्रथम नगरको सरसफाई तथा सुन्दरतामा ध्यान दिनुपर्ने बताए । पनौती ऐतिहासीक नगरी भएको सर्वस्वीकार्य रहेकोले पछिल्ला समय बन्ने गरेका घरहरुको निर्माण शैलीमा ध्यान दिनुपर्ने सुझाव दिए ।

    केहिले पुरानो पनौतीको सभ्यता झल्किने तथा पुरातत्व विभागको शैलिका घर निर्माणमा स्थानिय तहले अनुदान दिनुपर्ने माग समेत गरे । ट्रेकिङ व्यवसायी,होटल व्यवसायीहरुले जात्रा,पुराना मठ मन्दिर तथा सांस्कृतिक थलोको मिथकिय विषय उजागर गर्न पूर्वाधार विकासका साथै प्रचारात्मक अभियानहरु सञ्चालन गर्नुपर्ने बताए ।

    साथै प्राकृतिक छटाहरुप्रति आकर्षण थप्न ट्रेकिङ रुट निर्माण,हाईकिङ तथा सहासिक पर्यटन प्रवद्र्धनमा समेत ध्यान दिनुपर्ने सल्लाह दिए । कार्यक्रममा सहभागिहरुको सुझाव तथा सल्लाह संकलन पश्चात नगर प्रमुख भिम न्यौपानेले सर्वसाधारण तथा पर्यटन व्यवसायी नगरपालिकाको आधार अंगको रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नगरपालिकाले पर्यटन विकास तथा संस्कृति प्रवद्र्धनमा नीति र बजेटले सम्बोधन गरेपनि स्थानिय आफैं नजुमुर्राएकाले कार्यान्वयन सहज नभएको बताउनुभयो । उहाँले भन्नुभयो–“केहि गरौं भनेर योजना लिएर आउनेलाई हामीले कहिल्यौ निराश बनाएका छैनौं,तपाईहरु आउनुपर्यो,हामी संगै हुनुपर्यो,यसमा हामी सबै प्रतिवद्ध होऔं ।”

    नगर प्रमुख न्यौपानेले कम्तीमा आफ्नो घर अगाडि आफैले सफा राख्न स्थानिय तथा व्यवसायीको प्रतिबद्धता माग गर्नुभयो । पनौती नगरको समग्र विकासमा सबैले प्रतिवद्धता जाहेर गरे मात्रै अपनत्व महसुस हुने खालका कार्यक्रमहरु सफल हुने उहाँको भनाई छ । यसका लागि हरेक वडा वडाबाट योजनाहरु आउन जरुरी रहेको उहाँको धारणा छ ।

    पनौती नगरको समृद्धिको आधार कृषि र सांस्कृतिक पर्यटननै रहेकोमा जोड दिदै उहाँले गाउँगाउँसम्म पर्यटनको आधार तय गर्न बाटोघाटो निर्माण,शौचालय निर्माणका लागि बजेट विनियोजन,सरसफाई जस्ता विषयमा ध्यान दिएको जानकारी दिनुभयो । उहाँले आ–आफ्नै शैलीमा हिड्ने प्रवृत्तिको रोगबाट पनौतीलाई मुक्त बनाउन एकीकृत भावनाको विकास हुनुपर्ने बताउनुभयो ।

    छलफल कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको योजना सफल बनाउन पनौतीवासी सबै एक ठाउँमा आउन जरुरी रहेको बताउनुभयो ।

    पनौती नगर वडा नम्बर २ का अध्यक्ष एवम् पर्यटन विकास समिति संयोजक पुरुषोत्तम अधिकारीले पनौती नगर सामुहिक भावनाको कदर गर्दै अघि बढ्न यो अन्तरक्रिया कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानिय तहले बजेटको व्यवस्था गरेको जानकारी दिदै उहाँले पनौतीको पर्यटन प्रवद्र्धनमा छुट्टै नक्सा बनाउने,गाईडबुक निकाल्ने,एडभेन्चर पर्यटन विकासमा विज्ञहरुसँग समन्वय गर्ने,सूचना केन्द्र सञ्चालन गर्ने जस्ता योजनाहरु रहेको उल्लेख गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार