२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशीमा खुल्ला फुटवल हुदै , प्रथम हुनेलाई १ लाख ५० हजार सहित शिल


२०९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • रोशी- नेपालीहरुको महान चाड दशैको अवसरमा खुल्ला बृहत रोशी कपको आयोजना हुने भएको छ । रोशी गाउापालिका वडा नं ११ कालढुङ्गाको पञ्चबुद्ध युवा क्लबको आयोजनामा असोज २२ गते देखि खुल्ला फुटबल आयोजना गर्न लागेको क्लबका संयोजक अजयबुद्ध लामाले जानकारी दिए ।

    स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ पञ्चबुद्ध क्लबले पहिलोपटक फुटबलको आयोजना गर्न लागेको जानकारी प्राप्त भएको छ । चाडबाड बिशेष युवाहरुलाई खेल प्रतिको मोह देखाउन र युवाहरु खेलको माध्यमबाट नै स्वस्थ्य रहुन भन्ने उद्देश्यले फुटबलको आयोजना गरिएको क्लबको संयोजक लामाले बताए ।

    टिम दर्ता असोज १ गते देखि असोज २१ गते सम्मको लागि खुल्ला गरिएको लामाले जानकारी दिए । टिम दर्ताको लागि क्लबले १५ हजार रुपैया तोकिएको छ । टिम दर्ता संगै असोज २२ गते रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबि) को प्रमुख आथित्यमा उद्घाटन खेलहुने क्लबको संयोजक अजयबुद्ध लामाले बताए । क्लबले आयोजना गरिएको खुल्ला फुटवलको पहिलो बिजेताले १ लाख ५० हजार रुपैया नगद सहित शिल, मेडल र प्रमाण पत्र बितरण हुने जानकारी दिए । त्यसैगरी दोस्रो हुने टिमले ५० हजार नगद सहित शिल,मेडल र प्रमाण पत्र बितरण गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार