आइ.आर.के मैनाली
पाँचखाल-लागातार तीन दिन देखिको अविरल बर्षातको कारणले आएको पहिरोले घर पुरीदा ५ बर्षिय बालकको मृत्यु भएको छ ।
पाँचखाल नगरपालिका वडा नं ३ को हेलम्बु सडकमा पर्ने जैशिथोक बोक्से सामुदायिक वनको भवनमा होटल चलाई बस्ने रोजन लामाको छोरा सञ्जन लामाको पहिरोले पुर्दा मृत्यु भएको हो ।
आज (बुधवार) बिहान ६—३० बजेको समयमा घरमाथीबाट पहिरो आउंदा घर पुरेको थियो । बुवा रोजन लामा होटलको वाहिरी भागमा र आमा सरिता लामा शौचालयमा गएको अवस्थामा एक्कासि पहिरो आउंदा होटलको भित्रि भागमा सुतिरहेका बालक पुरिएको बालकका बुवा रोजन लामाले जानकारी गराउनु भयो ।
पहिरो आएको जानकारी हुनासाथ स्थानियहरु साथै पाँचखाल नगरका मेयर महेश खरेल, उपमेयर लक्ष्मी दनुवार, मण्डन देउपुर नगरपालिकाका मेयर टोक वहादुर वाईवा, पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, ३ नं वडाका वडा अध्यक्ष शुन्दर अधिकारी घटनास्थल पुग्नु भएको थियो ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख जयराज सापकोटाको नेतृत्वमा प्रहरी टोलि पुगेको थियो । उद्धर कार्यमा सशस्त्र प्रहरी समेतको टोलि पुगेको थियो । त्यसैगरी पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भण्डारीको नेतृत्वमा शाखा अधिकृत राजेश बञ्जारा, पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्जल अधिकारी, उद्योग बाणिज्य संघ पाँचखालका अध्यक्ष एवं विपद व्यवस्थापन समितिका सदस्य राजन कार्की लगाएतका टोली उद्धर कार्यमा जुटेको थियो ।
घटना घट्ने बित्तिकै २ थान स्काईभेटरको प्रयोग गरी उद्धार कार्य गरीएको थियो । लगातार ४ घण्टाको प्रयास पछि वालकको सव फेला परेको थियो । शवलाई पोष्ट मार्टमको लागि शिर मेमोरीयल अस्पताल बनेपा लगिएको छ । वर्षातको कारण हेलम्बु सडक अवरोध भएको छ । सडक अवरोधको कारण उद्धार कार्यमा जानेहरु करिव १ किलोमिटर पैदल हिडेर बर्षातमा रुझ्दै गुगेका थिए ।
पाँचखाल नगर र मण्डन देउपुर नगरको सिमानामा पर्ने पाँचखाल नगरपालिका वडा नं ३ (हेलम्बु सडक) फेदी (फडिलको बोट) भन्ने स्थानमा बोक्से सामुदायिक बनले उपलब्ध गराएको जग्गामा गोदावरि वचत तथा ऋण सहकारी संस्थाले निर्माण गरेको भवनमा विगत लामो समयदेखि भाडामा बसेर होटल चलाउंदै आएको समाजसेवि ध्रुव प्रसाद काफ्लेले बताउनु भयो । काफ्लेका अनुसार ६—३० मा पहिरो गएकोले एक जनाको मात्र ज्यान गयो सो पहिरो ७ बजे गएको भए धेरैको ज्यान जाने थियो । विहानको समयमा दुध बेचेर फर्कने क्रममा चिया पिउने होटल त्यही भएकोले केही समय ढिलो घटना घटेको भए थप मानव क्षती हुने थियो काफ्लेले थप्नुभयो ।
प्रतिक्रिया दिनुहोस