२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नारायणिको पुलबाट आलो पालो दुइ जना हामफाले


२१२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १, बुधबार मा प्रकाशित ४ साल अघि
  • बुटवल – नारायणी पुलबाट एक युवती हाम्फालेको ठिक तीन महिनापछि बुधाबार सोही पुलबाट एक युवक हाम्फालेर नारायणी नदीमा बेपत्ता भएका छन् । बुधबार दिउसो स्कुटी चढेर आएका  भरतपुर नगरपालिका ११ निवासी २५ वर्षीय उदार पौड्याल नारायणी पुलबाट हाम्फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

    उनी हाम्फाल्ने क्रममा एक जना युवाले तान्ने प्रयास गरेका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार उनीसँगै आएकी एक युवती पुल किनारमा डाको छाडेर  रुँदै थिइन् ।

    एक प्रत्यक्षदर्शी भन्छन्, ‘ती युवती ठुलो स्वरमा चिच्चाउँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’  ती युवतीसँग सोधपुछ–अनुसन्धान  गरिँदै रहेको र  बेपत्ता  युवाको खोजी कार्य भइरहेको  त्यहाँका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले बताए ।

     

    यी युवतीको बेपत्ता अवस्था मै काजकिरिया गरियो

    सोही पुलबाट असार १ गते शुक्रबारका दिन विवाह भएको तीन महिना मै हाम्फालेर बेपत्ता भएकी चितवनको राप्ती नगरपालिका ६ , वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा हाम्फालेर बेपत्ता भएकी थिइन् ।

    उनका श्रीमान २९ वर्षीय पवन सापकोटाको परिवारले उनको काजकिरिया गरिसकेका छन् । उनको माइतीघर कञ्चनपुरको महेन्द्रनगर नगरपालिका १८ खरकी हो । उनी त्यहाँको सनराइज पब्लिक हाइस्कुलमा एसईईको अध्यायन पुरा गरी नवलपरासीको देवचुली नगरपालिका ३ दलदले भाग्यपुरीस्थित मामा रेशम सापकोटाको घरमा आएर कक्षा  ११ को जाँच दिइ बसेकी थिइन् । उनीहरुको तीन महिनाअघि मागी विवाह भएको थियो ।

    मामा घरमा आएकी बहिनीलाई उसै दिन विहान  भेटन आएका दाजु हरि बसेलसँग स्कुटीको पछाडि बसेर आएकी थिइन् । तर जाम भएर रोकेको बेला उनी एक्कासी ओर्लेर हाम्फालेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार