कैलालीको धनगढी उपमहानगरपालिका वडानम्बर ८ को कार्यालयमा आगजनी भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।
झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस