२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सशस्त्र प्रहरी वलले गर्दा शुरक्षामा मजबुत, सामाजिक कार्यमा पनि सक्रियता देखाएको छ १५ नं गणले


२७५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको सशस्त्र प्रहरी वल १५ नं गणले गर्दा पाँचखाल र आसपासको स्थानमा शुरक्षाको अवस्था मजबुत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभे्रमा रहेको दरबन्दि अनुसारको जनशक्ति नहुंदा शुरक्षा दिन हम्मे परेको अवस्थामा सशस्त्र प्रहरीले गर्दा टेवा मिलेको छ । एस.पि. पुरुषोत्तम थापाको नेतृत्वमा रहेको सशस्त्र प्रहरीले पाँचखाल र आसपासको स्थानहरुमा पैदल साथै सवारी ग्रस्ति गर्दा शुरक्षामा थप टेवा पुगेको स्थानियहरुको भनाई रहेको छ ।

    सामाजिक बिकृति विसंगति, राजमार्गमा हुने गैह्र कानुनी ढंगको धन्दा लगायतका गैह्र कानुनि कार्यको नियन्त्रणको लागि निरन्तर रुपमा अगाडी बढेको पाईन्छ । समाजमा हुने चेतना मुलक कार्यको साथै दैवि प्रकोपमा समेत सकृय ढंगको भुमिका निर्वाह गर्दै आएको छ ।

    हालै मात्र लगातार तीन दिन सम्म आएको अविरल बर्षातको कारण पाँचखाल र आशपासको स्थानमा पु¥याएको धनजनको क्षतिमा समेत सक्रियता देखाएको छ । सोही क्रममा पाँचखाल नगरपालिका वडा नं ३ हेलम्बु सडक (फेदी,फडिलको बोटको छेउमा) मा रहेको होटललाई पहिरोले पुर्दा बालकको मृत्यु भयो । सो घटनाको जानकारी पाउना साथ प्र.नि सन्तोष केसिको नेतृत्वमा १७ जनाको टोलि पुगेको थियो । जुन टोलीमा विपत व्यवस्थापनको दुई जना प्रहरी जवान समेत साथमा थिए ।

    घटनास्थलमा घटेको घटनालाई सुरक्षीत तरिकाबाट नियन्त्रणमा लिदै बालकलाई सकुसल निकाल्ने बिषयमा समेत ठुलो भूमिका रहेको थियो । जसमा विपद व्यवस्थापनका दुई मध्य जनक गिरीको हातमा जस्ताले ठुलो चोट पु¥यायो । १७ टाँका लगाएर स्थानिय अस्पतालमै उपचार गराईएको थियो । विपद व्यवस्थापनका दुई मध्य स.प्र.ज अशोक जंग दनुवार भने अन्तिम अवस्था सम्म खटे सवलाई सकुसल निकाली सम्बन्धित पक्षलाई जिम्मा लगाएका थिए ।

    त्यसैगरी स्थानिय स्तरमा रहेको मठ मंदिरमा सरसफाई, पार्टी पौवाको संरक्षण, चौतारोको संरक्षण लगायतको सामाजिक कार्यमा समेत सशस्त्र प्रहरीको सक्रियताले स्थानियहरु खुसि भएका छन् । त्यसैगरी पाँचखाल नगरले हालै मात्र खरिद गरेको दमकल संञ्चालनको जिम्मा लिई उचित व्यवस्थापन समेत गरेको छ । दमकलको लागि आवश्यक जनशक्ति दुरुस्त राख्ने कार्य गरिसकेको छ । जसले गर्दा आगलागि सम्बन्धि भवितव्य भएमा नियन्त्रणमा सहज हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार