२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज चौथो संविधान दिवस मनाइँदै


२०५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन आज असोज ३ गते । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ ।

    वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए । संविधान जारी भएको ४ वर्षको अवधिमा संविधानको कार्यान्वयन सन्तोषजनक रहेको पूर्वराष्ट्रपति डा. रामबरण यादवले बताएका छन् ।

     

    संविधान मिलेर बनाउने दलहरूले नै वर्तमानका समस्याको समाधान गर्नुपर्ने र हतियार उठाउनेलाई पनि वार्तामा बोलाएर समस्याको समाधान गर्नुपर्ने बताए ।संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार