२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चिहानबाट कुनै राजतन्त्र उठेर आउने छैन , बाँसकोटा


२६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले अहिलेका व्यबस्था विरुद्ध लाग्नेहरु आफ्नो सर्वस्व गुमाएकाहरु रहेको बताएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संविधान दिवस–२०७६ को उपलक्ष्यमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
    यो व्यवस्था आएपछि जनताले सर्वस्व पाएको र ज्ञानेन्द्र शाहीले सर्वस्व गुमाएकोले अहिलेको व्यवस्था विरुद्ध सल्बलाउने खोजेको मन्त्री बाँस्कोटाले स्पष्ट पारे । ‘यो व्यवस्था आउँदा सबैभन्दा बढी असन्तुष्टि ज्ञानेन्द्र शाही थिए । उनको सत्ता पल्टेको थियो । जनता खुशी छन् ।’ उनले भने, ‘जनताले सर्वस्व प्राप्त गरे, सर्वहारा जनताको गुमाउने कुनै चीज पनि त हुँदैन । गुम्यो निरंकुश सत्ताधारीहरुको गुम्यो ।’ यो संविधान सर्वस्वीकार्य रहेको पुष्टि गर्दै उनले संविधानलाई नस्वीकारेका भनेकाहरु पनि सांसद र सरकारमा रहेको चर्चा गरे ।
    सरकारले निर्माणको नयाँ संकल्प गरेको बताउँदै मन्त्री बाँस्कोटाले सरकारले साधारण कामहरु नगरेको बताए । ‘हामी कुनै साधारण काम गरिरहेका छैनौं । धेरैलाई लाग्न सक्छ कि हामीले धेरै कुरा बेच्यौं । तर हामी विश्वास दिलाउन चाहन्छौं । नयाँ निर्माणका योजनाहरु, कार्यक्रमहरु त्यसका नीतिगत व्यवस्थाहरु क्रमशः शुरु गरेका छौं ।’ उनले भने, ‘हिजो २५ वर्षदेखि कहिल्यै पूरा हुन नसकेको अहिले पनि ३० महिनामा पूरा हुन्छ भनेर भनेको काम पनि हामीले १५ महिनामा सक्यौं । त्यो हो आम्लेखगञ्ज पाईपलाईन । विषय नचलेको थिएन, चलेको थियो । तर हामीले ग¥यौं ।’
    विकासको आयाम मानविय विकास र भौतिक विकास रहेको बताउँदै बाँस्कोटाले जव मानवीय विकासले एउटा श्रेष्ठता कायम गर्छ त्यसपछि मानवीय चेतनाले भौतिक विकासको मागले अब भौतिक विकासलाई नै सरकारले तीब्रता दिने बताए । केही तत्वहरुले जनताको परिवर्तनको चाहनालाई ‘फु मन्तरकी बाचा’ भएन भनेर गलत प्रचारबाजी गरेको भन्दै व्यवस्था विरुद्ध लागेको उनले स्पष्ट पारे । ‘केही तत्वहरु यस्ता छन् जसले जनताको तीब्र परिवर्तनको चाहनाको आजको भोली फु मन्तरकी बाचा भएन भन्ने नाममा सरकार विरुद्धको कुरालाई व्यवस्था विरद्ध बदल्न खोजीरहेका छन् ।’ उनले भने, ‘जुनकुरा असम्भव छ । राजतन्त्र इतिहास भइसक्यो । चिहानबाट कुनै राजतन्त्र उठेर आउने छैन ।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार