२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा १४ वटा संविधान चौतारो बन्दै


३४२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल-संविधान दिवसको अवसर पारेर व्यक्तिगत लगानीमा पाँचखाल वडाका १३ वटै वडा र नगरमा समेत बृक्षा रोपन गर्ने लक्षका साथ अगाडी बढेका वाइ.सि.एल काभे्रका अध्यक्ष राजकुमार श्रेष्ठले संविधान दिवसको अवसर पारेर पाँचखाल वडा नं २ , ३ र ७ नं मा स्वामीको विरुवा रोप्दै संविधान दिवस मनाउनु भएको छ ।

    जसरी बृक्षले छाहारी प्रदान गर्दै वातावरणको समेत संरक्षण गर्छ त्यसैगरी मुलुकमा चार बर्ष अगाडी जारी भएको संविधानले आम नेपाली जनतामा छाहारी प्रदान गर्ने भएकोले बृक्षा रोपनको आयोजना गरेको अध्यक्ष श्रेष्ठले वताउनु भयो । उहाँले थप्नुभयो बृक्ष मध्यको प्रमुख मानिने स्वामि र विश्वकै राम्रो नमुना ढंगको संविधान नेपालको भएकोले कल्प बृक्षको रुपमा नेपालको संविधानलाई मान्दै बृक्षा रोपनको थालनि गरेको हो ।

    पाँचखालको १३ वटै वडामा र नगरपालिका कार्यालय हातामा समेत गरी १४ स्थानमा स्वामिको विरुवा रोप्ने र जुन बिरुवाको संरक्षण गर्दै छाहारि दिने वातावरण निर्माण गर्ने वताउनु भयो । क्रमस प्रत्तेक बर्षको संविधान दिवसमा ति विरुवाहरुको संरक्षण गर्दै क्रमस संविधान चौचारोको रुप दिदै जाने र आगामी १४ बर्षमा पाँचखालमा १४ वटा संविधान चौतारो बनाउने लक्ष रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार