२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सम्विधान दिवसमा घन्कियो पञ्चे बाजा, वडाहरुमा विहानैबाट छुट्टा छुट्टै ढंगबाट खुसियाली साटासाट


२७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल-चौथो संविधान दिवस मनाउने क्रममा बजेको पञ्चेबाजाको धुन साथै झाँकीले गर्दा पाँचखालमा रौनकता छाएको थियो । शताव्दिऔं सम्मको नेपाली जनताको त्याग र वलिदानिबाट प्राप्त संविधान दिवस मनाई रहंदा केयौको आँखा रसाई रहेको थियो ।

    निर्धारित समय १०—३० बजे नगरपालिका कार्यालयबाट सुरुभएको बिशाल ¥यालीले बजार परिक्रमा गर्दै गर्दा ति अतितलाइ सम्झनेहरुकोे कमि थिएन । पाँचखालमा रहेका नीजि तथा सरकारी विद्यालयबाट सहभागि विद्यार्थीको प्रतिभाले गर्दा संविधान दिवसको उचाई निक्कै माथि पुगेको थियो ।

    कार्याय समयमै उपस्थित भएका कर्मचारीहरुको मुहारमा छुट्टै चमक थियो, राजनीतिक दल साथै जनप्रतीनिधिहरुले जिल्लाकै नमुना ढंगबाट दिवस मनाउने बिषयमा निकै कसरथ गरेको पाईन्थ्यो । नगरपालिकामा रहेको हलमा दिवस मनाउने तयारी गरेपनि ति उपस्थित जनलहरलाई थेग्ने खालको हल असंभव भएकोले नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भंण्डारीले खुल्ला चउरमै ¥याली बाट फर्किएकालाई राख्ने निर्णय गर्दै नगरको मुलगेटमै अतिथिहरु उभियरै आशण ग्रहन गर्दै सम्बोधन गर्दै गर्दाको दृस्यले उपस्थितहरुको मन छोएको थियो ।

    नगरमा रहेको सहकारी कर्मीहरुले संविधान दिवस मनाउंदै आफ्नो बार्षिक साधारण सभाको तयारी गरेका थिए । सहकारीले साधारण सभालाई भन्दा संविधान दिवसलाई महत्व दिदै गरेको दृस्य थप रोचक थियो । पंञ्चेबाजाको साथमा रहेको बिभिन्न झाँकि सहितको ¥यालीले १९ दिने दोस्रो जनआन्दोलन सफल भएको झल्को झल्किएको थियो ।

    कार्यक्रममा सम्बोधन गर्दै पाँचखाल नगरका प्रमुख महेश खरेलले संविधान निर्माणमा जसरी सम्पुर्ण नेपाली जनता एक भएर अगाडी बढेको थियो, अव बिकास निर्माण कार्यमा त्यसैगरी एक जुट हुनुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो मुलुकमा संविधान जारी भएको ४ बर्ष भयो तर कार्यान्वयन भए नभएको बारेमा सम्पुर्ण नेपालीहरु चनाखो हुनुपर्ने बताउनु भयो ।

    नगरका उप—प्रमुख लक्ष्मी दनुवारले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा नेकपाका पाटी प्रतीनिधि रणवहादुर बोहरा, नेपाली काँगे्रस पाँचखाल नगर समिति अध्यक्ष गणेश प्रसाद अधिकारी , शिक्षक महांसंघ पाँचखालका अध्यक्ष केशव काफ्ले, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी लगायतले संविधान दिवसको बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन पाँचखाल नगरपालिका कार्यालयका सुचना अधिकृत सुविता ढुंगानाले गर्नु भएको थियो । त्यसैगरी नगरका वडाहरुमा विहानै वाट बिभिन्न तरकिाले भव्य ढंगबाट संविधान दिवस मनाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार