२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बामदेव कास्किबाट चुनाव लड्दै


२२५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट चुनाव नलड्ने घोषणा गरेका छन् ।

    शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले कास्की जिल्लाको रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

    सचिवालय बैठकमा आफूले पोखराबाट चुनाव नलड्ने जानकारी गराएको भन्दै गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा स्पष्ट पारेका छन् ।

    यसअघि नेकपाले कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

    रिक्त रहेको उक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने चर्चा भइरहेको अवस्थामा उनले चुनाव नलड्ने घोषणा गर्दै कास्कीकै स्थानीय उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार